latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस देश गाँस्ने र बदल्ने शक्तिका रूपमा रहेको बताएका छन् । पाल्पाको तानसेनमा उपसभापति शर्माले चुनावी मैदानमा रहेका कुनै पनि दल र कुनै पनि प्रतिस्पर्धी उम्मेदवारलाई नेपाली कांग्रेसले दुस्मन नमान्ने बताए ।

‘०८४ मा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदैछ ? किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ? यसको जरामा रहेको कारण पहिचान गरेर, सही ढंगले देशलाई कसले समन्वय गर्नसक्छ ?’, शर्माले भने, ‘भविष्यमा जेनजीपछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व को सँग छ ? मूल प्रश्न यो हो ।’
चुनावी जितहारपछि पनि सबै मिलेर देश निर्माणको काममा लाग्नुपर्ने, नयाँ आशा, नयाँ विश्वास जगाउनु जुट्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । शर्माले देश हाँक्ने दाबी कुनै पनि दलले गरिरहँदा देश गाँस्ने भन्ने मूल मन्त्र जप्दै अघि जानुपर्ने उल्लेख गरे ।

‘कांग्रेसले सबैसँग हार्दिक प्रतिस्पर्धा गर्नेछ, आलोचना गर्नुपर्दा स्वस्थ ढंगले गर्नेछ तर कसैलाई पनि गाली गर्नेछैन’, उनले भने, ‘देशभरका हाम्रा उम्मेदवार साथीहरूलाई पार्टीको यो नीति अनुरूप प्रस्तुत हुन आग्रह गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय