पाल्पा,१ फागुन
बिष्णु खनाल



रिब्दीकोट गाउँपालिकाको आयोजनामा आधारभुत तथा माध्यमिक विद्यालयका शिक्षकहरूका लागी सूचना प्रविधि आई इ एम आइ एस सम्बन्धी क्षमता बिकास तालिम सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिकाको सभा हलमा दुई दिन सम्म चलेको तालिम शुक्रबार समापन भएको हो ।
समापन समारोहका प्रमुख अतिथी रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले प्रबिधिको बिकास संगै शिक्षा क्षेत्रमा पनि ब्यापक प्रबिधिको बिकास भएकाले तालिममा सहभागी शिक्षकहरुलाई सिकेका कुराहरु ब्यबहारमा उतार्न सुझब दिनुभयो । उहाँले बिद्यालयका सम्पूर्ण बिबरण अनलाईनमा राखेर चाहेको बेला जतिबेला र जहाँबाट पनि हेर्न र अध्ययन गर्न सकिने भएकाले प्रबिधिको भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो ।

तालिममा विधालयको सम्पूर्ण विवरण अनलाइन गर्न ,शिक्षक,विधार्थी,वि व्य स,अभिभावक संघ, सम्पूर्णको विवरण अनलाइन गर्न,विधालयको भौतिक विवरण अनलाइन गर्न, विधार्थीहरुको परीक्षाको अंकहरु अनलाइनमा राख्न, शिक्षकको तलबभत्ता,दिवा खाजाहरुको माग फारम अनलाइनबाट माग गर्न सिकाईएको थियो ,।
तालिममा प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, शिक्षा शाखा प्रमुख राजाराम भाट, श्रोत बिज्ञ श्री गोपाल के।सि। सहभागी हुनुहुन्थ्यो । पालिका भित्रका सबै विद्यालयहरुका शिक्षकहरुको उपस्थिति थियो । तालिमको सहजीकरण शिक्षा शाखा एवं प्रशिक्षक भवानी माबिका शिक्षक अर्जुन आचार्यले गर्नुभएको थियो ।








