latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १६

पाल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि ठूलादलले महिलालाई उम्मेद्धार बनाएका छैनन् । निर्वाचनका लागि २९ जना उम्मेद्धारले उम्मेद्धारी दर्ता गराएकोमा महिला दुई जना मात्र उम्मेद्धार बनेका छन् । दुई निर्वाचन क्षेत्र मध्ये पाल्पा १ मा राष्ट्रिय जनमोर्चाले नरमती सिंजाली र पाल्पा २ मा नेपाल मजदुर किसान पार्टीले कृष्णशोभा मुस्याख्वलाई उम्मेद्धार बनाएको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले जानकारी दिनुभयो ।

जिल्लाबाट मुख्य ठूला राजनैतिक दलले महिलालाई उम्मेद्धारका रुपमा अगाडी बढाउन नसक्नु दुखद रहेको महिला अधिकारकर्मी मीना पन्थीले बताउनुभयो । उहाँले ५५ प्रतिशत महिला मतदाता हुँदा महिलालाई दलहरुले बिश्वास नदेखाउनु दुखत पक्ष रहेको बताउनुभयो ।
२०६४ सालको निर्वाचनमा (जतिबेला पाल्पामा ३ निर्वाचन क्षेत्र थियो ) तत्कालीन माओबादीले पाल्पा २ मा लीला सोमैलाई उम्मेद्धार बनाएर बिजय गराउन सफल भएको थियो । त्यस यता ठूला दलले महिलालाई उम्मेद्धार बनाउन सकेका छैनन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले नारायणी शर्मा र नेपाली कांग्रेसले मीना पन्थीको नाम सिफारिस गरेर केन्द्रमा पठाएपनि टिकट भने महिलालाई दिन सकेनन् ।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ जना उम्मेद्धारले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागीता जनाउदै छन् । पाल्पा क्षेत्र न १ मा १३ र क्षेत्र न २ मा १६ जना दल तथा स्वतन्त्र उम्मेद्धारले २ सीटका लागि प्रतिशप्रर्धा गर्ने छन् । जसमा ६ जना स्वतन्त्र उम्मेद्धार छन भने अन्य सबै दलिय उम्मेद्धार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय