latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,१४ माघ

पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार हिमालदत्त श्रेष्ठले पश्चिम पाल्पाको मुख्य सडक हार्थोक छ्हरा तिनगिरे सडक आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस रिब्दिकोट गाउँसमितिले बुधबार आयोजना गरेको उम्मेदवारसंग भेटघाट कार्यक्रममा उम्मेदवार श्रेष्ठले पश्चिम पाल्पाका नागरिकले यो सडक स्तरउन्नति नहुदा झेल्नु परेको समस्याको बिषय आफुले राम्रोसंग बुझेको र आफ्नो मुख्य प्राथमिकता नै यही सडकलाई सहज बनाउने रहेको बताउनुभयो ।

उहाँले पाल्पाको समृद्धि नै पर्यटन र कृषि भएकाले रिब्दिकोटको सुन्तला र अकबरे खुर्सानी मार्फत किसानको आर्थिक बिकासमा सहयोग गर्न सकिने धारणा राख्नुभयो । उमेदवार श्रेष्ठले आफू प्रतिनिधि सभा सदस्य निर्बाचित भएपछि सबै मतदाता प्रती पुर्ण उत्तरदायी हुने र सधैं दुख सुखमा साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो पाल्पा २ का सबै उमेदवारसंग मित्रबत प्रतिस्पर्धा  हुने भएकाले कुनै पनि अन्य उमेदवारलाई कुनै प्रकारको आक्षेप नलगाउने बताउनुभयो ।” म धार्मिक ब्यक्ति भएकाले कसैलाइ पनि नबिगार्ने सकेसम्म राम्रो गर्नेछु । उहाँले भन्नुभयो ।

यस पटक रुख चिन्हमा ठुक्कले मत हाल्ने बाताबरण बनेको छ। त्यसैले यो निर्बाचनमा रुख चिन्हमा मतदान गरि बिजय गराउन उहाँले सबै मतदातालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय