latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

माघ १४, पाल्पा
पाल्पा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूको शैक्षिक योग्यता एसएलसीदेखि स्नातककोत्तर तहसम्म निर्वाचन आयोग नेपालमा बुझाइएको विवरणमा देखाईएको छ ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सन्दीप रानाक राजनीतिशास्त्रमा स्नातक तह उत्तीर्ण छन् । उनी कानूनका विद्यार्थी समेत हुन् । नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हुमबहादुर सुनारीले बेलायतबाट एमबीए गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाल्पा–१ मा उम्मेदवार रहेका बिमल पन्तले कक्षा १२ उत्तिर्ण गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बृहस्पति अर्याल कक्षा १० (टेस्ट पास) उत्तीर्ण हुन् । राष्ट्रिय जनमोर्चाकी उम्मेदवार नरमति सिंजाली र नेशनल रिपब्लिक नेपालका उम्मेदवार थमन् सिं रेश्मी मगरले कक्षा १२ उत्तीर्ण गरेका छन् ।
मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवार बनेका सलन चिदी मगरले एसएलसी उत्तीर्ण गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार पुरन गैह्रे शर्माले कक्षा १२ उत्तीर्ण गरेका छन् ।
स्वतन्त्रतर्फ पाल्पा–१ मा उम्मेदवारी दर्ता गराएका कोशल अर्याल र युद्धबहादुर विरकट्टाले आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् । स्वतन्त्र उम्मेदवार डिल्लीराज काफ्ले एसएससी उत्तीर्ण गरेका छन् भने बाछा दली मियाँ कक्षा १० उत्तीर्ण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय