latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ का उमेदवार सोमप्रसाद पाण्डेले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले शुक्रबार सिद्धबाबा मन्दिरमा पूजाअर्चना गर्दै औपचारिक रूपमा प्रचारप्रसार थालेका हुन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यसपटक व्यक्तिगत रूपमा चुनावी मैदानमा ओर्लिने इच्छा नभए पनि पाल्पावासीको आग्रहका कारण उमेदवार बन्न बाध्य भएको बताए । २०७९ सालको निर्वाचनमा पराजित भएपछि जिल्लाको विकास निर्माणले गति लिन नसकेको गुनासो स्थानीयबाट आएपछि आफू पुनः जनतामाझ आएको उनको दाबी छ । उनले आफू सांसद वा मन्त्री नहुँदा पनि पाल्पाको विकासका लागि निरन्तर खटिरहेको जिकिर गरे ।

पाण्डेले सिद्धबाबा सुरुङमार्ग निर्माणमा आफ्नो भूमिका निर्णायक रहेको दाबी गरे । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सुरुङमार्गका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत नपुग्ने बताएपछि आफूले अनशन बस्ने चेतावनी दिएको उनले स्मरण गरे । सडक बनेयता झन्डै एक हजार जनाले ज्यान गुमाइसकेको भन्दै उनले नागरिकको जीवनभन्दा ठुलो केही नहुने अडान लिएपछि मात्र बजेट सुनिश्चित भएको बताए ।

पछिल्लो समय ‘जेनजी’ले उठाएको सुशासनको मुद्दाप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै पाण्डेले युवाहरूलाई पार्टीमा जोडिन आग्रह गरे । पाल्पा–२ मा पाण्डेको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका ठाकुर गैरे र नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठसँग हुनेछ । यसअघिको निर्वाचनमा यो क्षेत्रबाट एमालेका गैरे विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय