पाल्पा, माघ ९
१३ औं रास्ट्रीय पुस्तक दिबस तथा बसन्त पन्चमीको अबसरमा नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघ पाल्पाले स्टेसनरी सामाग्री बितरण गरेको छ । बगनासकाली -९ चिलाङ्दीमा रहेको बसन्त प्राथमिक बिधालयमा करिब ३० हजार बराबरको कपी, सिसाकलम,डट्पेन, इलेजर,सापनर,स्केल लगायतका सामाग्री बितरण गरेको हो ।शुक्रवार बिधालयमा अध्ययनरत ४० जना बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच शैक्षिक सामाग्री बितरण गरिएको हो ।



कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी संघ लुम्बिनी प्रदेशका सह सचिब किशोर भट्टराईले पुस्तक दिबसको अबसरमा महासंघले सधै सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम गरेको बताउनुभयो । उहाले पुस्तक ब्यबसायी महासंघ केन्द्रको निर्देशन अनुसार कार्यक्रम गरेको बताउनुभयो ।उहाँले प्रत्येक बर्ष पुस्तक दिबस तथा बसन्त पन्चमीको अबसरमा गरिब बिपन्न र दुर्दराजका बिधालयमा सहयोगको भाबले काम गर्दै आएको बताउनुभयो ।
बिद्यालय ब्यबस्थापन समितिका सदस्य खेम राज श्रेष्ठले पुस्तक ब्यबसायी महासंघले गरेको पुनित कर्मको प्रसम्सा गर्नुभयो । उहाँले महासंघले गरेको सहयोगका लागि घन्यबाद ज्ञापन गर्नुभयो । आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो । बिधालयका शिक्षक राधिका पाठकको स्वागतबाट सुरु भएको कार्यक्रमको सन्चालन बिधालयका प्रधानाध्यापक पुस्पादेबी थापा र बिधालय ब्यबस्थापन समितिका सदस्य झमानसिं रानाको अध्यक्षतामा सम्पन्न भएको हो ।








