मिलन विश्वकर्मा
पाल्पा, ७ माघ । नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन तयारी बैठक बुधबार सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा बसेको बैठकमा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरे, पार्टीका संघ, प्रदेश र जिल्लास्तरका नेताहरू उपस्थिति रहेको थियो ।



बैठकले निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरको संयोजकत्वमा प्रदेश कमिटी सदस्य, सल्लाहकार, जिल्ला सल्लाहकार, जिल्ला कमिटी सदस्य, सम्बन्धित क्षेत्रका कमिटी सदस्य, पालिका कमिटीका सदस्य, वडा कमिटी अध्यक्ष, जनसंगठनका केन्द्रीय, प्रदेश सदस्य, जिल्ला जनसंगठनका पदाधिकारी सदस्य रहने गरी निर्वाचन परिचालन मूल समिति गठन गरेको पार्टीका प्रचारप्रसार विभागका संयोजक दीपक विश्वकर्माले बताउनुभयो ।
ओमबहादुर घर्तीमगरको नेतृत्वमा निर्वाचन परिचालन मूल समितिको सचिवालय गठन गरिएको छ । सम्बन्धित क्षेत्रको पदाधिकारी, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी, क्षेत्रिय कमिटी पदाधिकारी र पालिका अध्यक्ष सदस्य रहेका छन् ।
बैठकले धनेन्द्रराज घिमिरेको संयोजकत्वमा अनुगमन तथा निर्देशन उपसमिति गठन गरेको छ । नारायणी घिमिरे, देवीप्रसाद बस्याल, डाक्टर रामबहादुर राउत, गणेश बस्याल, कुल प्रसाद नेपाल, मेघराज शर्मा, पर्शुराम भट्टराई पार्टी केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य रहेका छन् । प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी दीपक विश्वकर्मालाई दिएको छ । प्रचारप्रसार कमिटी र प्रेस चौतारीमा आवद्ध सदस्य यस समितिका सदस्य रहनेछन् ।
तुलबहादुर अधिकारीको संयोजकत्वमा युवा परिचालन उपसमिति गठन गरिएको छ । कृष्ण कार्की उपसंयोजक रहनुभएको छ ।
महिला परिचालन समिति संयोजकमा मीना जिसीलाई जिम्मेवारी दिइएको छ ।
विनोद कार्कीको नेतृत्वमा कानुनी परामर्श उपसमिति गठन गरिएको छ।
रामजी पोखरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । गोपाल पौडेल, दामोदर घिमिरे, चिरन गैरे, भूपति पाण्डे सदस्य रहेका छन् ।
कार्यालय व्यवस्थापनको जिम्मेवारी दीपक विश्वकर्माको नेतृत्वमा मित्रलाल नेपाली, नरबहादुर विक लगायतलाई दिइएको छ ।
बैठक निर्वाचन प्रतिनिधिको रूपमा धनेन्द्रराज घिमिरे जिम्मेवारी तोकिएको एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो ।
बिहीबार अर्थात् भोलि बस्ने क्षेत्रीय कमिटीले निर्वाचनका लागि थप योजना तय गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले तयारी तीब्र बनाएको हो ।








