latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौं

४ माघ राति १२ बजेदेखि आचारसंहिता लागू हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगका प्रतिनिधिहरूले आचारसंहिताबारे जानकारीसमेत गराइसकेका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि माघ ६ गते उम्मेदवार मनोनयन हुँदैछ । दलहरु उम्मेदवार छनोटमा लागिरहेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले कसकसलाई आचारसंहिता क-कसलाई लागू हुने भन्नेबारे जानकारी दिएका छन् ।

 क-कसलाई लाग्नेछ आचारसंहिता ?

  • नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
  • प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
  • संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
  • नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
  • स्थानीय कार्यपालिका र सोका सदस्य,
  • सङ्‍घ, प्रदेश र स्थानीय तहका कर्मचारी,
  • सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
  • सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
  • राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्‍गठन,
  • उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
  • राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
  • सार्वजनिक पद धारण गरेको व्यक्ति,
  • अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
  • पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
  • सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
  • निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
  • विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
  • मतदाता,
  • विकास साझेदार संस्था,
  • सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
  • मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
  • निजी क्षेत्रका बैङ्‍क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
  • वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र
  • आयोगले तोकेका अन्य निकाय वा व्यक्ति।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय