latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २४ पुस

तानसेन नगरपालिकाको १८ औं नगर सभाको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । सभामा नगर तानसेन नगरपलिकाको विनियोजन ऐन २०८२ को पहिलो संशोधन बिधेयक उप प्रमुख प्रतिक्षा सिंजालीले पेश गर्नुभयो । उहाँले नगरपालिकाको साबिक बिनियोजन १ अरब छ्यालीस करोड ५० लाख छ्यानब्बे हजार ८०७ रुपैया मध्ये १ अरब ३९ करोड ३१ लाख ८० हजार ३०७ रुपैया संशोधित बिनियोजनका लागि नगर सभामा पेश गर्नुभयो ।

त्यस्तै नगरसभा सदस्य तथा तानसेन नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष महेश्वर श्रेष्ठले तानसेन नगरपालिकाको आर्थिक कार्यबिधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक प्रस्तुत गर्नुभयो ।
तानसेन नगरपालिका क्षेत्र भित्र बिज्ञापन करको ब्यबस्थापन तथा नियमन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक “बिज्ञापन कर ब्यबस्थापन तथा नियमन बिधेयक,२०८२” वार्ड नम्बर ४ का वार्ड अध्यक्ष हेमन्तराज शाक्यले प्रस्तुत गर्नुभयो । नगर सभामा उपप्रमुख प्रतिक्षा सिंजालीले न्यायिक समितिको प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
सभामा प्रस्तुत सम्पूर्ण बिधेयक सर्वसम्मतले पारित भयो । सभाको शुन्य समयमा नगर सभा सदस्य माघब बस्यलले जिज्ञासा राख्नुभएको थियो । भने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले उठेका बिषयमा जबाफ दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय