latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पूर्व अर्थ मन्त्री विण्णुप्रसाद पौडेलको नामसहित अन्य तीन जनालाई सिफारिस गरेको हो ।
शनिबार क्षेत्रीय कमिटिको बैठकबाट एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना र क्षेत्र नं. २ बाट ४ जनाको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र नं. २ बाट एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विण्णुप्रसाद पौडेलको नामसहित अन्य तीन जनालाई सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्य ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे र नेता रामबहादुर राउत रहेका छन्।
यस्तै पाल्पा क्षेत्र नं. १ बाट एमालेका केन्द्रीय सदस्य नारयणप्रसाद आचार्य, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय लेखा आयोगका सदस्य निल सारू, जिल्ला उपाध्यक्ष बिमल काफ्ले, शिव अर्याल र दुर्गादेवी रानाको नाम सिफारिस गरिएको एमाले पाल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय