latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, १७ पुस

बिक्रम सम्बत २०१५ साल पुस १७ मा केन्द्रिय तथ्यांक बिभाग स्थापना गरिएको दिन पारि आज तथ्याङ्क दिवस मनाइएको छ । पाल्पामा पहिलो पटक मनाइएको तथ्याङ्क दिवसको अवसरमा तथ्याङ्क कार्यालय पाल्पाले सहि तथ्याङ्क दिने पाल्पाका १९ ब्यक्ति तथा संस्था सम्मानित सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सरकारी कार्यालय र निजी क्षेत्रलाई चाहिने तथ्याङ्क यस कार्यालयबाट उपलब्ध हुने बताउनुभयो । उहाँले तथ्याङ्क कार्यालयले देशको सहि तथ्याङ्क दिन खेलेको भुमीकाको प्रसंशा ब्यक्त गर्नुभयो । उहाँले डाटा दिने सम्पुर्ण ब्यक्ति फर्म तथा प्रतिष्ठानलाई धन्यवाद दिदै सम्मानित सम्पूर्णमा बधाई ज्ञापन गर्नुभयो । उहाँले तीन जिल्ला हेर्ने कार्यालय पाल्पामा रहदा पाल्पाली जनतालाई तथ्याङ्क लिन सहज भएको धारणा राख्नुभयो ।
कार्यक्रमका बिशिष्ठ अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सिनाले योजना निर्माण,मुलुककै बिकास र मुलुकको तथ्या कस्तो छ भनी जानकारी दिने कार्यालय तथ्याङ्क कार्यालय भएको बताउनुभयो । उहाँले यहाँबाट आधिकारीक तथ्याङ्क पाईने भएकाले पत्रकारहरुले समाचारको स्रोतको रुपमा यस कार्यालयलाई लिन सकिने बताउनुभयो ।

कृषि क्षेत्रको त्रैमासिक तथ्याड्ढको आधारमा सम्मानित हुनेहरुमा दुर्गा कोइराला छहरा,एकराज ढकाल रामपुर, याम प्रसाद कोइराला बगनासकाली,डोल बहादुर घर्ती पूर्बखोला, धु्रब राज भण्डारी तानसेन रहनुभएको छ ।
त्रैमासिक राष्ट्रिय लेखा तथ्याड्ढ उत्पादन (बस्तु तथा सेवाको उत्पादन तथा बिक्री)बाट सम्मानीत हुनेहरुमा भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र तानसेन, कृषि ज्ञान केन्द्र तानसेन, तानसेन खानेपानी उपभोक्ता समिति तानसेन, होटल अन्नपूर्ण गार्डेन, पौवा इन प्राली, बेल्टारी अरनी होटल, क्याफे दि शितलपाटी, न्यु सुपरटप मिठान्न भण्डार तानसेन रहेका छन् ।
त्यस्तै त्रैमासिक निमार्ण सामाग्री मुल्य सर्वेक्षण( निर्माण क्षेत्रका बस्तुको बजार मूल्य) तर्फ गणेश हार्डवयर, अर्याल हार्डवयर, बज्राचार्य ब्रदर्श, दुष्यान्त हार्डवयर एण्ड सप्लायर्स, भवन तथा बाटो निर्माण कर्मी संघ र ढुङ्गाना बिजुली पसल तानसेनलाई सम्मान पत्र र दोसललाले सम्मान गरिएको थियो ।
कार्यक्रममा तथ्यांक अधिकृत अबधेस कुमार सुक्लाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । तथ्याङ्क समन्वय कार्यालय पाल्पाले पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लालाई कार्य क्षेत्र बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय