latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३
पाल्पा, १३ पुस
यात्रुहरुको सुबिधालाई मध्य नजर गर्दै पाल्पा काठमाडौं सुबिधा सम्पन्न बस संचालन भएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रालीले आजबाट २ बाई १ सोफा सिटर एसी बस संचालनमा ल्याएको हो ।
शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सुबिधा सम्पन्न बसले पाल्पाको पर्यटनमा थप टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । उनले यात्रुले सुबिधा पाउदा यात्रा सफल बन्ने बिश्वास ब्यक्त गर्नुभयो । ठूलो लागनीमा पाल्पाका यातायात ब्यबसायीले काम गरेकोमा प्रशंसा ब्यक्त गरे । बस गाडीमा पाल्पा काठमाडौं भाडादर १ हजार ६ सय कायम गरिएको छ । बस पाल्पाबाट साढे ५ बजे छुट्ने छ ।  काठमाडौँको गोगंबु बसपार्कबाट साँझ ५ः४५ बजे पाल्पाका लागि छुट्नेछ ।
टिकट काउन्टरबाट तथा अनलाइन माध्यमबाट समेत उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । २÷१ सिट सुविधाले यात्रुहरूलाई लामो यात्रामा थप आराम र सहजता प्रदान गर्ने विश्वास गरिएको छ । सञ्चालक गंगोलले  यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिँदै अनुभवी चालक, सहचालक र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय