latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

भोजराज भट्टराई
पाल्पा २ पौष
पाल्पाको बगनासकाली गाउँपालिकाले बुधबारदेखि आइटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तालिम सञ्चालन गरेको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय र गाउँपालिकाको आयोजना शुक्रबारसम्म चल्ने तालिममा बुधबार इमिस अध्यावधिक सम्बन्धी तालिम चलाइएको शिक्षा शाखा प्रमुख निशा पाण्डेले जानकारी दिनुभयो । उहाँले यस प्रकारका तालिम, प्रशिक्षण, अभिमुखीकरण कार्यक्रमलाई विभिन्न चरणमा सञ्चालन गर्दै लैजाने र गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षकलाई प्रविधिसँग अभ्यस्त गराउने योजना रहेको बताउनुभयो ।
गाउँपालिकाले मंसिर ३ गते बुधबार र ४ गते विहिबार सूचना प्रविधिका नयाँ आयाम, शिक्षण सिकाईमा प्रविधिको प्रयोग लगायतका विषयमा विशेषज्ञहरूबाट तालिम दिइने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने तालिमको उद्घाटन सभामा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तालिम अवधिभर सिकाई उपलब्धी बढाउनेगरी केन्द्रीत हुन सहभागी शिक्षकलाई अनुरोध गर्नुभयो । उहाँले तालिमले विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठकले बगनासकालीको शैक्षिक गुणस्तर वढाउन शिक्षकको माग अनुसार तालिम सञ्चालन गरिएकाले सिकाईलाई प्रभावकारी बनाउँन आग्रह गर्नुभयो । उहाँले शिक्षकहरूमा सिकाई आदानप्रदानले शैक्षिक गुणस्तर अभिवृद्धि हुने र विषयगत र प्राविधिक अन्यौलता हटाउन सहज हुने भन्दै सूचना प्रविधिसँग जोडिएर राखिएको तालिम प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान समयमा शताब्दी सुहाउँदो शिक्षणका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य भएको बताउनुभयो ।
गाउँपालिकाका कार्यवहाक अध्यक्ष हरि प्रसाद पाठकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम गाउँपालिका शिक्षा प्राविधिक विन्दु ढकालको सञ्चालनमा चलेको थियो । बुधबार इमिस अध्यावधिक सम्बन्धी तालिमको सहजीकरण बालकृष्ण गैरेले गर्नुभएको एम.आई.एस. भोजराज भट्टराईले जानकारी दिनुभयो । तालिममा बगनासकालीभित्रका विभिन्न विद्यालयका प्रअ तथा आइटी स्रोत शिक्षक गरी ३० जनाको सहभागिता रहेको छ । बगनासकाली गाउँपालिकाभित्र १० वटा मावि र २७ आधारभुत गरी ३७ वटा विद्यालय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय