तानसेन नगरपालिका वडा न १२ वौघापोखराथोकमा रहेको श्री रतनपाँडे सामुदायिक बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाको प्रमुख अतिथि तानसेन नगरपालिका वडा न१२ का वडाअध्यक्ष मेजरसिह केसी रहनु भएको थियो । सो अवसरमा उहाँले रतनपाडे सामुदायिक बचत तथा ऋृण सहकारी संस्था स्थानीय वासिन्दहरुको सुख दुखको साथी भएको बताउनुभयो । उहाँले सहकारी कसरी चलिरहेको छ यसलाई अझ अघि वढाउन के के गर्नुपर्दछ भन्ने सवै निर्णय सहकारीका सदस्यहरुको हुने भएकोले यसलाई अझ राम्ररी चलाउनको लागि उहाँले सुझाव दिनुभयो । साथै सहकारीलाई वडाको तर्फ बाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष अमर बहादुर थापाका सभापतित्वमा भएको कार्यक्रममा तानसेन नगरपालिका वडा न १२ कि वडा सदस्य वसन्ती राना,पूर्व वडाअध्यक्ष देवेन्द्र राना,लुभ्विनी माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम गैरे, जिल्ला अदालत पाल्पाका श्रेस्तेदार केशव पराजुली,मिलीजुली कृषि तथा पशु विकास सहकारीका ब्यवस्थापक सुस्मिता विश्वकर्मा,वौघापोखराथो कृषि सहकारीका ब्यवस्थापक युवराज पौडेल लगायतकाले आफना भनाईहरु राख्दै सहकारीलाई शुभकामना दिनुभएको थियो ।
सहकारीका उपाध्यक्ष डुकुरी थापाको स्वागतबाट शुरु भएको वार्षिक साधारणसभाको सञ्चालन ब्यवस्थापन शोरन थापाले गर्नुभएको थियो ।
सो अवसरमा मौवाडाडाँ महिला समूह मौवाडाँडा तथा सृजना मिश्रित सहकारी समूह डाँडाकटेरीलाई सम्मान गरिएको थियो । सो अवसरमा ३१ लाख ८८ हजार ७ सय ४९ रुपैया वरावरको आम्दानी खर्चको हिसाव किताव प्रस्तुत गरिएको थियो ।
२०७२ सालमा स्थापना भएको यस सहकारीमा महिला १८० र पुरुष ७४ गरि २५४ जना सदस्य रहेको कार्यसमितिका सदस्य रामचन्द्र नेपालले जानकारी दिनुभयो ।











