latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

गोपाल प्रसाद वश्याल
पाल्पा, मंसिर २०
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) लुम्बिनी प्रदेशको आयोजनामा ८ औं नेल्टा लुम्बिनी अंग्रेजी भाषा शिक्षण सम्मेलन जनाता माध्यमिक विद्यालय तानसेनमा आज सम्पन्न भएको छ ।
अंग्रेजी भाषा शिक्षणमा एआई र मानव सिजनाको समन्व आदर्श वाक्य राखेर आयोजना गरिएको सम्मेलनमा मुख्य वक्ता नेल्टाका लुम्बिनी प्रदेश अध्यक्ष गोपाल प्रसाद वश्यालले एआईको उपयोग मानवीय सिर्जनासँग सन्तुलित तरिकाले गर्नुपर्नेमा जोड दिनुभयो । अर्का मुख्यवक्ता नेल्टाका वरिष्ठ उपाध्यक्ष होम राज खड्काले एआईले मानिसलाई पेशागत कार्यसम्पादनमा सहयोग गर्ने भएकोले एउटा सहयोगी यन्त्रका रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा पाँचवटा समसामयिक सत्रहरू सञ्चालन गरिएका थिए । ती सत्रहरुमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापमक हरि प्रसाद घिमिरेले साना विद्यार्थीहरुमा प्रश्नोत्तर विधिको प्रयोग गरी विभिन्न धारणा विकास गर्न सिकाउन सकिने उदाहरणसहित अनुभव सुनाउनु भयो । अर्का प्रस्तोता नेल्टा पाल्पाका कोषाध्यक्ष खगेन्द्र बश्यालले अंग्रेजी शुद्धोच्चारणमा एआई र मानव विचको सहकार्य प्रयोगसम्बन्धी धारणा प्रस्तुत गर्नुभयो ।
त्यसैगरी पाल्पा एक्सेस कार्यक्रमका सहजकर्ताहरु विनोद भट्टराई, सीता रास्कोटी मगर र मीरा ज्ञवालीले कार्यक्रममा प्रयोग भएका असल अभ्यासहरु प्रस्तुत गर्नुभयो भने नेल्टा अर्घाखाँचीका अध्यक्ष बोम बहादुर खत्रीले अंग्रेजी भाषा शिक्षणमा एआईको प्रयोगसम्बन्धी प्रयोगात्मक अनुभव प्रस्तुत गर्नुभयो । नेल्टा नवलपरासीका हिमा न्योपानेले आफ्नो अमेरिकी सिकाइ अवसरका अनुभवहरु प्रस्तुत गर्नुभयो ।
सम्मेलनमा आतिथ्य शाखा नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालले सञ्चालन गर्नुभएको विज्ञ छलफलमा नेल्टा लुम्बिनी अध्यक्ष गोपाल प्रसाद वश्याल, वरिष्ठ उपाध्यक्ष होम राज अड्का र नेल्टा नवलपरासीकि हिमा न्यौपानेले अंग्रजी भाषा शिक्षणमा एआईको न्यायसंगत उपयोग, नैतिक एवम् सुरक्षित प्रयोग र एआई र मानव क्रियाशीलताको सन्तुलित प्रयोगको आवश्यकतामा जोड दिनुभयो ।
पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, कपिलवस्तु, प्युठान, बाँके जिल्लाका नेल्टा शाखाबाट गरी ११८ जना शिक्षकहरु सहभागी यस सम्मेलनमा प्रदेश अध्यक्ष वश्यालले सहभागी र प्रस्तोताहरुलाई प्रसंशा पत्र र पाल्पा अध्यक्ष कमल राज बस्यालले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रदेश अध्यक्ष गोपाल प्रसाद वश्यालको अध्यक्षतामा चलेको कार्यक्रममा आतिथ्य शाखा पाल्पाका अध्यक्ष कमलराज बस्यालले स्वागत, सचिव अच्युतराज नेपालले सञ्चालन र प्रदेश उपाध्यक्ष कृष्ण भट््टराईले धन्यवाद एवम् कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय