latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,११ मङ्सिर

पाल्पाको सदरमुकाम तानसेनमा योमरी महोत्सव हुने भएको छ । यही मङ्सिर १३ गते शनिबार तानसेनको टक्सार टोलमा योमरी महोत्सव हुने भएको छ ।

मैत्री क्लब तानसेनले आज पत्रकार सम्मेलन गरि महोत्सव गर्न लागेको जानकारी दिएको हो । २०३६ सालमा स्थापना भएको क्लबले बिभिन्न सामाजिक काम गर्दै आएको छ । क्लबले प्रत्येक बर्ष तानसेनको टक्सार टोलमा महोत्सव गर्दै आएको छ । महोत्सवमा २३ देखि २५ वटा स्टल रहने आयोजकले जनाएका छन । स्टलमा योमरीको स्ट्ल,नेवारी खाजा,नास्ता र अन्य परिकारको स्टल रहने छ्न । महोत्सवमा दिउसो १२स्३० बजेबाट साझ ७स्३० बजेसम्म चल्ने छ । क्लबले २०७६ साल देखि योमारी महोत्सव गर्दै आएको छ । महोत्सव सफल पार्न तानसेन नगरपालिका वार्ड नम्बर ३ ले आर्थिक सहयोग गरेको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले मैत्री क्लबले निकै राम्रो काम गर्दै आएकोमा प्रसम्सा ब्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले टक्सार टोल करुवा उद्योग भएको ठाउँ भएकाले यस ठाउँमा चहलपहल बढाउन महोत्सवले सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो । उहाले टक्सार टोलका दिदि बहिनीहरु मेहनती भएको बताउदै पाल्पाली पत्रकारीता जगतले सहयोग गर्ने वचन दिनुभयो । नेवारी भाषामा यो भनेको मन पर्ने र मरी भनेको मनपर्ने रोटी हो ।

कार्यक्रममा पत्रकारहरुले तानसेनका होटलहरुमा यस् मरीको मेन्यु राख्न होटल ब्यबसायीहरु संग छलफल गर्नुपर्ने सुझाब दिएका थिए । कृष्ण पोखरेल,नारायण न्यौपाने, किरण कौशलले जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय