latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,९ मंसिर

एघारौं राष्ट्रिय उद्योग दिवसको अबसारमा जिल्ला भित्र रहेर उत्कृष्ट रोजगारी सृजनासंगै सफल उद्यमीका रुपमा रहेका पाँच जना उद्योगी,ब्यबसायीहरुलाई घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले १५ हजार नगद,दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको छ ।
कार्यालयले उद्योग तथा ब्यबसाय संचालन गरि धेरैलाई रोजगारी दिई सफल भएका उद्यमीहरुलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा सम्मान गरिएको हो ।

सम्मानीत हुनेहरुमा न्यू राना ढाका उद्योग माथागढीका संचालक फनिसरा गाहा, सरस्वती ढाका उद्योग तानसेनका हरि रायमाझी, देउराली ढाका उद्योग तानसेनका दुर्गा बहादुर सारु,साबित्री फुड प्रोडक्सन माथागढीका संचालक कृष्ण प्रसाद खनाल र चिनारी बहुउद्देश्यीय फर्म तानसेन—१२ का संचालक रुकबीर रेश्मी हुनुहुन्छ ।

कार्यक्रममा लुृम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले मेहनत,जोश,जाँगर र लगाब हुने हो भने सानो लगानीबाट पनि ठूलो सफलता हासिल गर्न सकिने बताउनुभयो । सम्मानीतहरुलाई बधाई तथा शुभकामना दिदै सभामुख घर्तीले अन्य उद्यमीहरुलाई पनि मेहनतका साथ रोजगारी श्रीजना गर्दै सम्मान योग्य बन्न सुझाब दिनुभयो । उहाँले उद्यमीहरुलाई प्रदेश सरकारले सहयोग गर्ने बचन दिनुभयो ।
सभामुख घर्तीले ग्रामिण भेगमा रहेर पनि त्यहाँका धेरै स्थानीयहरुलाई रोजगारी संगै आर्थिक उन्नती गरेको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले उद्योग संचालन निजी क्षेत्रले गर्ने की ? सरकारले गर्ने भन्ने अलमलले देशमा उद्योगहरु फस्टाउन नसकेको जिकिर गर्नुभयो । उहाँले उद्योगी ब्यबसायीहरु चन्दा आतंक,बिभिन्न आन्दोलनको सिकार हुनु निकै दुखद रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका बिष्णु खनाल, उपभोक्ता हित संरक्षण मन्चका कृष्णराज अधिकारी, होटल तथा रेष्टुरेष्ट ब्यबसायी संघका अध्यक्ष लक्ष्मण बस्याल, नेपाल घरेलु तथा साना उद्योग महासंघका कमल ढकाल,पाल्पा ब्यापार संघका अध्यक्ष बिष्णु कार्की, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, कोष तथा लेखा नियन्त्रक सूर्य प्रसाद अर्याल,राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवर, नेकपा एकिकृत समाजबादीका जगन्नाथ नेपाल,एमालेका जिल्ला सदस्य गोकुल पौडेल, नेपाली कांग्रेस पाल्पाका नेता माघब नेपाल, जिल्ला समन्वय समितिकी उपप्रमुख कांसिका गैरे लगायतले सम्मानीत हुने उद्यमीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख केशब सुनारको अध्यक्षता र सन्चालन कार्यालयका प्राबिधिक मनोज घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय