latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, मङ्सिर ८
विवाह पञ्चमीको अवसरमा पाल्पाको रामपुर नगरपालिकाले मङ्सिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि रामपुर नगरपालिकाले मङसिर ९ गते नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको कार्तिक २४ गतेको कार्यपालिका बैठकबाट निर्णय भएको रामपुर नगरपालिकाले जनाएको छ ।

विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी भइरहेको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न वडा नं। ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं। ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको पवित्र भुमि वडा नं। ५ स्थिति कालीगण्डकी किनारको रामघाटमा बाट जन्त निकाल्ने, रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको वडा नं। ३ स्थित सीताकुण्डमा जन्तीलाई स्वागत गरी विवाह उत्सव मनाउने तयारी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय