latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ४ मंसिर

तानसेन नगरपालिका ६ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्र रहेका दुईवटा माध्यमिक विद्यालयहरूलाई खेलकुदका सामग्रीहरू वितरण गरेको छ । राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगितालाई लक्षित गरी स्कुलले आवश्यकता अनुसार माग गरेको आधारमा खेलकुदका सामग्रीहरू बितरण गरेको हो । राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगितामा उत्कृष्ठ नतिजा ल्याउन सहयोग होस भन्ने उद्देश्य र विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट प्रतिभा उजागर गर्न सहज होस भन्ने हेतुले खेलकुद सामग्रीहरू हस्तान्तरण गरिएको वडाध्यक्ष सागरमान महर्जनले बताउनुभयो ।

राष्ट्रपति रनिङ्ग सिल्डमा अघिल्लो आर्थिक वर्षमा पनि उत्कृष्ट प्रदर्शन गरेको जनप्रिय मावि बर्तुङ्ग र सेन मा।वि अमरगञ्जलाई वडा कार्यालयले हरेक वर्ष शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गर्ने गरेको छ । भलिबल, खोखो, ज्याबलिङ थ्रो, सटपुट, हाइ जम्प, लमजम्प, दौड, कराते जस्ता खेलहरूलाई आवश्यक पर्ने खेल सामग्रीहरू विद्यालय परिवार र विद्यार्थीहरूको माझ एक कार्यक्रमका बीच हस्तान्तरण  वाड अध्यक्ष महर्जनले  गर्नुभयो । वार्ड अध्यक्ष महर्जनले खेलकुद सामग्रीहरु पाएपछि बिद्यार्थीहरुलाई अभ्यास गरि राम्रो नतिजा ल्याउन सहयोग मिल्ने बिश्वास गर्नुभयो । उहाँले खेलकुदका सामाग्रीहरुले विद्यार्थीहरूलाई हौसला मिल्ने र स्कुललाई समेत थप जिम्मेवार बनाउने हुँदा आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताउनुभयो ।

जनप्रिय माविका प्रधानाध्यापक हिरा आचार्य र सेन माविका प्रधानाध्यापक भिमलाल बश्यालले वडाको तर्फवाट हरेक वर्ष हुने खेलकुद सामाग्री वितरण कार्यक्रम होस् वा अन्य शैक्षिक गतिविधिमा वडा कार्यालयको तर्फबाट हुने सहयोग प्रशंशनिय रहेको बताउनुभयो । उहाँहरुले वडा कार्यालयले शिक्षाप्रति देखाएको चासो र चिन्ताले बिद्यालय सुधारमा योगदान पुर्याएको बताउनुभयो । दुबै बिद्यालयले वाड कार्यालयलाई धन्यवाद ज्ञापनका साथसाथै प्रशंसा समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय