latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

युनाइटेड मिसन अस्पताल पाल्पामा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ । ७ करोड लगानीमा सिटिस्क्यान मेसिनबाट सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले सिटीस्क्यान सेवाको उद्घाटन गर्दै पाल्पा र सेरोफेरोका जिल्ला सहित छिमेकी देश भारतका नागरिकले समेत मिसन अस्पतालबाट सहज र सर्वसुलभ रूपमा सिटीस्क्यान सेवा पाउने बताए । उनले सेवाग्राहीको मन छुनेगरी सेवा गर्दै आएकोले मिसन अस्पतालप्रति धेरै मानिसको विश्वास रहेको भन्दै आगामी दिनमा आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य विमा लगायतका सेवा विस्तार गरी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गेका थिए । लुम्बिनी प्रदेशमा नसर्ने रोग, मातृशिशु मृत्युदर र कुपोषण दरमा वृद्धि भइरहेको अवस्थामा पाल्पामा स्वास्थ्यको क्षेत्रमा यहाँका स्वास्थ्य संस्थाहरूबाट सेवा सुदृढीकरणका लागि धेरै राम्रा कामहरू भएको सारुले बताए ।

अस्पतालका निर्देशक डा. रचेल कारखले विगत सात वर्षदेखि अस्पतालको वार्षिक योजनामा रहेको र स्थानीय समुदायको माग रहेकोमा हाल सेवाको शुरुवात गरिएको बताईन् । विभिन्न व्यक्तिगत, संस्थागत सेवाबाट ७ करोड बढी लगानीमा सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका बायोमेडिकल एडभाइजर, सल्लाहकार समितिका प्रमुख टंकनाथ खनाल, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराई, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोरेल, पत्रकार महासंघ पाल्पाका सभापति कमलराज तिमिल्सिना लगायतले आधुनिक सिटी स्क्यान मेसिनबाट सेवाको सञ्चालनले बिरामीहरूलाई सुविधा पुग्नुका साथै उपचार सेवासमेत प्रभावकारी बन्ने बताएका थिए ।

अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु गरेको हो । कार्डियक सेवा सहितको १६० स्लाइसको अत्याधुनिक सेवा लिन न्यूनतम तीन हजार रुपैयाँ लाग्नेछ । अस्पतालले २४ सै घण्टा उपलब्ध हुनेगरी सिटिस्क्यान सेवा सुचारु गरको हो ।
भिडियो …

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय