latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

कात्तिक २७, पाल्पा । एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जेनजीका सकारात्मक माग सम्बोधन गर्न एमाले तयार रहेको बताएका छन् । गत भदौ २३ र २४ गतेका घटनालाई अलग-अलग तरिकाले उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने उनले माग गरे ।

एमाले पाल्पाले शनिबार गर्ने जनप्रदर्शनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गैरेले भने, ‘दलमा आबद्ध भएका व्यक्ति, नागरिकको घर, व्यापारिक घरानाको घरमा लुटपाट गर्ने, आगजनी गर्ने जुन प्रकारको क्रियाकलाप भयो त्यो अर्को अत्यन्त निन्दनीय र भर्त्सनायोग्य छ ।’आन्दोलनका नाममा तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर्नुपर्छ ।

यही कात्तिक २९ गते ७७ वटै जिल्लामा नेकपा एमालेले जनप्रदर्शन गर्दै छ । पाल्पामा तयारी तीव्र पारिएको नेकपा एमाले पाल्पा प्रचार तथा प्रकाशन विभागले बिहिवार तानसेनमा पत्रकार सम्मेलन गरी जनप्रर्शनको तयारी बारे जानकारी दिएको हो ।

जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले कार्यक्रम पूर्णरुपले शान्तिपूर्ण र व्यवस्थित रुपले सम्पन्न हुने अध्यक्ष घर्तीमगरले बताए ।

अहिलेको सरकार जनविरोधी छ । जनताको हितमा काम गर्न र विकास गर्न विनियोजन गरेका बजेट यो सरकारले कटौती गरेको छ । रोजगारका लागि विदेश जान युवाहरू पाइरहेका छैनन् । यसले सरकार जनविरोधी हो भन्ने पुष्टि गरेको एमालेको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय