latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

काठमाडौं । कासियाना फाउन्डेशनका संस्थापक तथा बिजनेस कन्सल्टेन्ट दुर्गेश यादव लाई नेपालमा आयोजित एक विशेष समारोहमा ‘बिजनेस एक्सीलिनेन्स अवार्ड २०२५’ द्वारा सम्मानित गरिएको छ ।
शनिबार साँझ शाह स्टुडियो एण्ड कम्पनी प्रालिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममार्फत नशामुक्ति अभियान, शिक्षा तथा सामाजिक क्षेत्रमा पु¥याइरहेको योगदानका लागि यादवलाई सम्मान गरिएको हो ।
यादव विगत लामो समयदेखि नेपालमा एजुकेशन कन्सल्टेन्टका रूपमा सक्रिय रहँदै आएका छन्। उनले विशेषगरी युवाहरूलाई एन्टी–ड्रग्स तथा नशामुक्ति सम्बन्धी सचेतना फैलाउँदै, उनीहरूको क्षमताको विकास र राष्ट्र निर्माणमा योगदान दिन प्रेरित गर्दै आएका छन् ।
देशका विभिन्न जिल्लाहरूमा पुगेर गरिएको उनीहरूको अभियानले युवाहरूलाई नकारात्मक लतबाट मुक्त गराउँदै सकारात्मक जीवनशैली अपनाउन प्रेरणा मिलेको उल्लेख गरिएको छ। शिक्षा क्षेत्रमा पनि यादवको उल्लेखनीय योगदान छ ।
आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विपन्न विद्यार्थीहरूलाई उनले समय–समयमा आर्थिक तथा आवश्यक शैक्षिक सहयोग गर्दै आएका छन्, जसका कारण धेरै विद्यार्थी उच्च शिक्षासम्म पुग्न सफल भएको परिवारहरूले बताउँदै आएका छन् ।
कार्यक्रममा नेपालका विभिन्न क्षेत्रबाट योगदान पु¥याएका व्यक्तित्वहरूका साथै छिमेकी देश भारतका अतिथि सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित रहेको थियो । साथै, नेपाल तथा विदेशमा ख्याति प्राप्त कलाकार, उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता र सञ्चारकर्मीको पनि आकर्षक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय