पाल्पा,२० कात्तिक
लायन्स अन्तराष्ट्रिय डिष्ट्रक्ट ३२५ पी नेपालको दोश्रो क्याबिनेट बैठक पाल्पामा हुने भएको छ । क्याबिनेट बैठक कार्तिक २१ र २२ गते तानसेन स्थित श्रीनगर सांस्कृतीक डबलीमा हुने भएको हो । कार्यक्रममा ८ सय भन्दा बढी लायन्स सदस्यहरु, अतिथि तथा प्रतिनिधिहरुको सहभागीता रहने छ ।
सामाजिक क्षेत्रको काम गर्दै आएको क्लवले विहिबार पत्रकार सम्मेलन गरी पाल्पाको पर्यटन प्रवद्र्धनका प्राकृतिक, ऐतिहासिक साँस्कृतिक सम्पदाको प्रबद्र्धन तथा पर्यटकीय स्थल, कृषि उत्पादनको प्रचार–प्रसार गर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यका साथ बैंठक गर्न लागिएको जनाएको छ ।



हामी सेवा गछौं भन्ने मूल नारा बोकेको संस्थाले जिल्लामा पनि बिभिन्न सेवा भाबका काम गर्दै आईरहेको छ । कार्तिक २१ गते होटल द ह्वाइटलेकमा प्रि क्याविनेट र कार्तिक २२ गते श्रीनगर साँस्कृतिक डबलीमा क्याबिनेट बैंठक गरिने एरिया २ का चिफ गंगाबहादुर खत्री जानकारी दिनुभयो । प्रि क्याविनेट बैंठकमा लायन वर्ष २०२५र०२६ जुलाई देखि अस्टोवर सम्ममा क्लव, जोन, रिजन एरिया र डिष्ट्रिकले सम्पादन गरेका कार्यहरुको समिक्षा, आगामी दिनका योजनाहरुका विषयमा छलफल हुनेछ । क्याविनेटमा प्रि क्याविनेटका समिक्षा र छलफलका विषयसँग सम्बन्धित रहेर छलफल सम्मान, उत्प्रेणात्मक कार्यक्रम, छात्रवृत्ति वितरणसँगै आगामी दिनका योजनाहरु तय गरिने एरिया चिफ खत्रीले बताउनुभयो ।
सामाजिक सन्जाल मार्फत जाऔं पाल्पा अभियान चलाएर पाल्पाको पर्यटन क्षेत्रमा योगदान दिने साथै कृषि र उद्यमशिलतालाई जोड्ने उद्देश्य राखेर कार्यक्रम गर्न लागिएको खत्रीले बताउनुभयो । अनुसार कार्यक्रमको प्रमुख अतिथि पूर्व इन्टरनेश्नल डाइरेक्ट लायन इ। सञ्जय खेतान र प्रमुख वक्ताको रुपमा उत्प्रेरक तथा नेतृत्व विकासका सहजकतां नर बहादुर कार्की सहभागी हुने कार्यतालिका रहेको छ भने बर्तमान डिष्ट्रिक्ट गभर्नर लायन बाला राम भट्टराईले अध्यक्षता गर्नुहुने छ ।
बैंठकमा सहभागीहरुले स्थानीय ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीयस्थल भ्रमण गर्ने हुनाले समग्र पाल्पामा अवस्थित ऐतिहासिक, साँस्कृति सम्पदा र पर्यटकीय स्थलहरुको पहिचानको प्रचार हुनुका साथै र स्थानीय व्यवसायमा प्रत्यक्ष आर्थिक प्रभाव पार्ने अपेक्षा गरिएको डिष्ट्रिक्ट गभर्नर लायन बालाराम भट्टराईले बताउनुभयो ।
बैंठकमा जिल्लाका पर्यटकीयस्थलहरुको तस्वीरहरुको प्रदर्शन, कृषि उपजहरुको स्टल राखिनुको साथै स्थानीय उत्पादित झोला र पर्यटकीय स्थलहरुको तस्वीर उपहारका रुपमा सहभागीहरुलाई दिइने छ । कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख खर्च लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलन एरिया २ का चिफ गंगाबहादुर खत्रीको अध्यक्षता, सचिव सुरेशमान भट्टराईको सञ्चालनमा भएको थियो ।








