latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, रामपुर नगरपालिकाले जेष्ठ नागरिक स्कुल सञ्चालन गर्ने भएको छ । जेष्ठ नागरिकहरुका लागि सञ्चालन गरिने रामपुर जेष्ठ नागरिक स्कुल व्यवस्थापनका विभिन्न कामहरु भइ रहेको छ । यसै आर्थिक वर्ष देखि जेष्ठ नागरिक स्कुल सञ्चालन गर्ने र सञ्चालनको अन्तिम तयारी भइ रहेको छ ।

रामपुर नगरपालिका वडा नं.5 रामघाटमा सञ्चालन गरिने जेष्ठ नागरिक स्कुलको भवन निर्माण तथा व्यवस्थापन सकिएको छ भने जेष्ठ नागरिकहरुलाई स्कुल सम्म आवतजावत गर्नका लागि बस खरिद गरि बसको व्यवस्था गरिएको छ भने व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि व्यवस्थापन समिति गठन गरेको छ । रामपुर जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा मिनराज रेग्मी, कोषाध्यक्षमा चन्द्रा न्यौपाने, सहसचिव सुरज गौतम ,सदस्यमा दुर्गा प्रसाद पोखरेल, सुन्दर प्रसाद देवकोटा, कृष्ण प्रसाद अर्याल, फत्त बहादुर मल्ल, चन्द्र बहादुर राना, देविका गहतराज र सदस्य सचिवमा प्रविन तिमिल्सेना रहनु भएको छ । नवगठित समितिलाई बधाइ दिंदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले जेष्ठ नागरिकहरुको भावनालाई बुझेर जेष्ठ नागरिकमैत्री रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । यसका लागि स्कुल भित्र गरिने व्यवहारमा ध्यान दिनु पर्ने बताउनुभयो । संस्कृतिको संरक्षण संगै उमेर पुगेका नागरिकहरुको सम्मान सहितको सक्रिय जीवन निर्वाहका लागि स्कुल सञ्चालन गर्न लागिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

विषेश गरी दिउँसोको समयमा जेष्ठ नागरिकहरुलाई स्कुल सम्म ल्याईने र पुराना संस्कार र संस्कृति बारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिने नगर प्रमुख थापाको भनाई छ । उहाँले भन्नुभयो-“स्कुल सम्म आउनका लागि नगरपालिकाले बस खरिद गरिसकेको छ, जेष्ठ नागरिकलाई दिउँसोको समयमा स्कुलमा ल्याईन्छ, जेष्ठ नागरिक स्कुलमा उहाँहरुबाट हाम्रा लोप हुन लागेका संस्कार संस्कृति चालचलन बारे अध्ययन गर्न सकिन्छ ।” साथै उहाँले नगरपालिका भित्रका सबै विद्यालयलाई क्रमश जेष्ठ नागरिक स्कुलमा अध्ययन अवलोकनको व्यवस्था गरिने जानकारी दिनुभयो ।जेष्ठ नागरिक स्कुलले संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो ।जेष्ठ नागरिक स्कुलमा विभिन्न धार्मिक प्रवचन,भजन कृतन , विभिन्न घरेलु सामग्री र यसको प्रयोग ,जेष्ठ नागरिकहरुका लागि दिवा खाजा , स्वास्थ्य परिक्षण सहित सन्ध्या आरतीको व्यवस्था गरिने रामपुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय