latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ९ कात्तिक

जेनजी आन्दोलनमा फरार अर्का कैदी पाल्पामा पक्राउ परेका छन् । प्रहरी पाल्पाले निरन्तर जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदीलाई पक्राउ गरिरहेको छ ।

नवलपरासी कारागारबाट गत भदौ २४ गते लागु औषध मुद्धामा कैद भुक्तान गरिरहेका कास्की जिल्ला पोखरा महानगरपालिका—२१ बस्ने बर्ष २८ का श्याम मगर भनिने समिर गुरुङलाई पाल्पा प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले गुरुङलाई आज बिहान करिब ३ः१० बजेको समयमा आफ्नै ससुराली तानसेन—१० साडिखोलामा फेला पारी नियन्त्रणमा लिई कारागार कार्यालय पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय