latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,३ कात्तिक
जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ परेका छन् । कास्की कारागारबाट फरार अभियुक्त पाल्पामा पक्राउ परेका छन् । माथागढी गाउँपालिका–३, का ४३ वर्षका केशव कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कुमाललाई अस्थायी प्रहरी पोष्ट माडीफाँटका प्रहरी सहायक निरिक्षकको टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेर फरार रहेका कुमाललाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।
कुमाललाई कैद भुक्तानका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरिएको पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय