latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २ कार्तिक

नेपाल बिद्युत प्रधिकारणले तिहार र छठको समयमा बिजुलीको अत्याधिक खपत हुने र दुर्घटनाको जोखिम पनि बढी हुने भएकाले थप सजकता अपनाउन आग्रह गरेको छ ।
हरेक वर्ष तिहार र छठको समयमा बिद्युत सर्ट भएर जनधनको क्षति हुने गरेको छ । झिलीमिली बत्तीहरू बाल्दा तारहरू मिलाउने क्रममा बिजुली सर्ट हुन गई ठूला आगलगी भएर करोडौँका धनसम्पत्ति नष्ट भएका समाचारहरू पनि हामीले सुन्दै आएका छौँ । यो समयमा बिद्युत प्रयोग गर्दा बढी सजक हुन उपभोक्तालाई नेपाल बिद्युत प्राधिकरण पाल्पा बितरण केन्द्र प्रमुख दिलिप मरासेनीले आग्रह गर्नुभयो । उहाँले झिलीमिली प्रयोग गर्दा नाङ्गो तार, केटाकेटी छुने गरि भुईसम्म प्रयोग नगर्न अनुरोध गर्नुभयो । उहाँले बिद्युत सम्बन्धि कुनै समस्या आएका प्राधिकरणको मर्मत टोली जुनसुकै बेला पनि तयार रहेको जानकारी दिनुभयो ।

तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको हो ।
तिहारको लक्ष्मीपूजामा सबैभन्दा बढी विद्युतको माग हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय