latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा, ३१ असोज

आधुनिक प्रबिधिको प्रयोगले हराउदै गएको मौलिक देउसी–भैलो खेल्न चर्चित लोक गायक नारायण रायमाझी पाल्पा आउनुहुनेभएको छ । हाम्रो चाहान,शान्तिको कामना, लोक संस्कृतिको जागेर्ना भन्ने मूल नाराका साथमा कात्तिक १ गते जिल्लामै पहिलो पटक देउसी भैलो कार्यक्रम हुन लागेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको आयोजना, तानसेन नगरपालिकाको संरक्षण र तानसेन–५ वडा कार्यालयको सह आयोजनामा पाल्पाको तानसेनस्थित श्रीनगर साँस्कृतिक डबलीमा मौलिक देउसी भैलो कार्यक्रम हुन लागेको हो ।

प्रतिष्ठानले विहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीका बारेमा जानकारी दिएको छ । प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो लोक संस्कृति संरक्षण गर्नु हाम्रो दायित्व हो, स्थानीय सरकारको सहयोगमा हामीले देउसी भैलो कार्यक्रम गर्न लागेका हौं । कार्यक्रमको तयारी तिव्र पारिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न समुदायको मारुनी नाँच, सोरठी, झ्याउरे समेत देखाइने छ । कार्यक्रम हेर्न कुनै पनि शुल्क लाग्दैन ।
कार्यक्रम दिउसो ३ बजेबाट राती ९ बजेसम्म हुने छ । कार्यक्रममा विभिन्न स्थानीय, राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहने छ । पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले प्रतिष्ठानले लोकसंस्कृति संरक्षणमा देखाएको चासो र सक्रियता प्रशसंनिय रहेको बताउनुभयो उहाँले कार्यक्रम सफल पार्न पाल्पाली पत्रकारहरुको पूर्ण सहयोग रहने समेत प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा तानसेन –५ का वडा अध्यक्ष रामबहादुर रावलले संस्कृति संरक्षण गर्ने उद्देश्य राखेर श्रीनगर डबली निर्माण गरिएको भन्दै त्यसको उपयोग गर्ने दिशामा प्रतिष्ठानले चासो देखाएकोमा वडा कार्यालयले आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनुभयो । उहाले कार्यक्रममा रकम अभाब हुन नदिने प्रतिबद्धता जनाउनुभयो । प्रतिष्ठानका पूर्व अध्यक्ष तथा लोक गायक हुम गैरेले कार्यक्रम सफल पार्न सबै लाग्नुपर्नेमा जोड दिए । उहाँले कार्यक्रममा आफुपनि सहभागी हुने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष भट्टराईको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष रुपेश कार्कीको स्वागत, कार्यक्रम संयोजक पवन बस्यालको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय