latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असोज २६

पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा तथा १७ औं अधिवेशनको समुद्घाटन समारोह शनिबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा तथा १७ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरि एक महिना भित्र सम्पन्न हुने छ ।

सम्मानित निजी क्षेत्र ः समुन्नत नेपाल भन्ने भन्ने मूल नाराका साथ संघको ७१ औं साधारण सभा तथा १७ औं अधिवेशन शनिबारबाट सुरु भएको हो । संघका महासचिव समिरमान सिंहले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष शैलेन्द्र भट्टराईले संघबाट सम्पादित कार्यक्रम र संघले लिएका लक्ष्यका विषयमा जानकारीसहित सहभागीलाई स्वागत गर्नुभएको थियो ।संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेम राज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरूले आर्थिक मन्दिको प्रभाव व्यापार व्यवसायमा परेका कारण व्यवसायीहरूको संख्या घट्दै गइरहेको बताएका छन् । कार्यक्रमका वक्ताहरूले पर्यटनलाई अगाडि सारेर व्यवसायीलाई लगानी मैत्री बातावरण बनाउन सकेमा उद्योगीहरूलाई राहत हुने बताए छन् । संघका पूर्व अध्यक्षहरूले संघको उपलब्धि र आगामी योजनाका बारेमा धारणा राख्नुभएको थियो । सहभागी अन्य पाहुनाहरूले संघको गतिविधिप्रति सकरात्मक प्रतिक्रिया दिएका थिए ।

साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पछिल्लो समय राजनीतिक अस्थिरता र सरकारको निजी क्षेत्रप्रति अस्पट नीतिका कारण व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितिको सामना गर्नुपरेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको हक हितको लागि आवश्यक समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । संघका महाससचिव समिरमान सिंहले संघबाट सम्पादित ५१ वटा गतिविधिबारे जानकारी गराउँदै पाल्पा उद्योग वाणिज्य संघ व्यवसायीमैत्री बन्दै अगाडि बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा वर्षदेखि निरन्तर प्रदान हुँदै आएको “संगम मेडिकल छात्रवृत्ति” यस वर्ष जनता उच्च माध्यमिक विद्यालय, पाल्पामा कक्षा १० मा अध्ययनरत छात्र राजिप मियाँ लाई प्रदान गरिएको छ । छात्रवृत्तिको राशि रु १० हजार रहेको छ, जसले विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रोत्साहन र प्रेरणा दिने उद्देश्य राखेको आयोजकले बताएका छन् ।
त्यसैगरी, यस वर्षदेखि नयाँ रूपमा स्थापना गरिएको “संगम मेडिकल फरक क्षमता छात्रवृत्ति” पहिलोपटक पाल्पा सि वि आर आवद्ध, रुप्से पाल्पा घर भई हाल तानसेन बसपार्कमा बस्दै आएका १४ वर्षका पुरन दर्लामीलाई प्रदान गरिएको छ । दर्लामी फरक क्षमताका भए पनि निरन्तर सिकाइ र आत्मनिर्भर जीवनप्रतिको लगनशीलताका कारण चयन भएका हुन् । यी दुवै छात्रवृत्ति शनिबार सम्पन्न पाल्पा उद्योग वाणिज्य संघको साधारण सभाका अवसरमा सम्मानपूर्वक वितरण गरिएको हो । कार्यक्रममा संघका पदाधिकारी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय