latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

भोजराज भट्टराई
पाल्पा, १२ असोज

कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ यही असोज २१ गते देखि ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव (२०८२) गरिने भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१,मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट) मा महामेला गर्न लागिएको आज तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा हुने मेला आगामी असोज २१ देखि कार्तिक १९ गतेसम्म सञ्चालन हुने महामेला मूल आयोजक समितिका सचिव नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुसार एक हजार व्यक्तिलाई आवास सुविधा हुने गरी धर्मशाला निर्माण गर्ने, घाट व्यवस्थापन गर्ने, एक हजार क्षमताको सभाहल निर्माण, पाठशाला, यज्ञशाला, गौशाला निर्माण गर्ने योजना रहेको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका संरक्षक शङ्करप्रसाद पाण्डेले बताउनुभयो । महामेलाले यसका लागि सहयोग पु¥याउने उहाँको भनाइ छ ।

आयोजकका अनुसार महामेलामा महामेलामा सहभागी हुने भक्तजनलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको छ । महामेला अवधिभर तुलसीदल, गाईको दूध र गण्डकीजलद्वारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, जलयातायात एवं स्टीमरद्वारा गण्डकी भ्रमण, दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक गङ्गा आरती, विश्वविख्यात संत एवं गुरुहरूद्वारा प्रवचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, लगायतका गतिविधि गरिने छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका कार्यवहाक अध्यक्ष मुक्तिप्रसाद न्यौपाने, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराई लगायतले धार्मिक महोत्सवको व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउँदै मेला सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शंकर प्रसाद पाण्डेको अध्यक्षता र मूल आयोजक समितिका सचिव नारायण प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । कालीगण्डकीको ३ दशमलव ५ किलोमिटर उत्तरवाहिनी क्षेत्रलाई पवित्र क्षेत्र मानिन्छ । मेला आयोजक समितिले विभिन्न जिल्ला र स्थानीय तहसँग समन्वय गरी मेला तयारीलाई तिव्र बनाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय