latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

संविधान दिवसको अवसरमा नेपाली कांग्रेस पाल्पाले तानसेनको आन्दोलनचोकमा मौन प्रदर्शन गर्दै संविधान, लोकतन्त्र, संघीयता, सुशासन र समावेशिताको संरक्षणका लागि आह्वान गरेको छ । काङ्गेस पाल्पाले विपि स्मृति भवन तानसेनमा अन्तरक्रिया कार्यक्रम गरि आन्दोलनचोकमा मौन प्रदर्शन गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले संविधानसँगै मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता रहेको बताएका छन् । उनले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको दिन ऐतिहासिक र महत्वपूर्ण दिन रहेको उल्लेख गरे । नेता पन्थले भने “संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो । यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधन लागि तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकारजस्ता मागहरु लिएर सडकमा आएको जेनजी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थितिले यतिबेला हामी सबैसामु गम्भीर चुनौती आएको छ ।” संविधान जारीपछि आवधिक निर्वाचनका माध्यमबाट तीनै तहका सरकारले विकास र समृद्धिको लय समाइरहेको अवस्थामा पछिल्लो घटनाक्रमले मुलुकलाई फेरि दशकौँ पछाडी धकेल्न भएको प्रयत्नको प्रतिवाद र नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिने गरी भरोसा बढाएर जानुपर्ने उनको भनाइ छ ।

नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सासंद् एंव पूर्वमन्त्री विरबहादुर रानाले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने “शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्न आवश्यक छ ।” नेता रानाले वास्तविक यथार्थतालाई स्वीकार्दै सच्चिएर जानुपर्ने र सङ्घीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्थालगायतका महत्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतका साथ गरिएका असंवैधानिक एवं अराजक गतिविधिबाट मुलुकलाई बचाउन सबै लोकतन्त्र एवं गणतन्त्रवादी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिहरूद्वारा जारी संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशलाई स्थायित्व र दिगोपनाको बाटोमा अघि बढाएको बताए । उनले भने “सुशासन, शान्ति, समानता र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो साझा अभियान संविधानको आत्मामा अडिएको छ । साँच्चिकै, संविधान दिवस हामी सबै नेपालीको साझा उत्सव मात्र होइन, साझा संकल्प हो ।

संविधान जोगाउनु भनेको लोकतन्त्रलाई जोगाउनु हो, समानतालाई जीवन्त राख्नु हो र भविष्यलाई उज्यालो बनाउनु हो ।” अन्तक्र्रिया कार्यक्रम सभापति श्रेष्ठको अध्यक्षता, उपसभापति ज्ञानबहादुर गाहाको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको अर्का सचिव सन्तोष थापा मगरले जानकारी दिए । अन्तक्र्रियापछि काँग्रेस नेता कार्यकर्ताहरुले मौन प्रदर्शन समेत गरेका छन् । उनीहरुले तानसेनस्थित आन्दोलन चोकमा पुगेर मौन प्रदर्शन गरेका हुन् । उनीहरुले “संविधान कार्यान्वयनले मात्रै समृद्ध नेपाल सम्भव छ”, “लोकतन्त्रका लागि लड्ने काँग्रेस, संविधानको रक्षक काँग्रेस”, “गणतन्त्र संघीयता र समावेशीताको रचना काँग्रेसको बलिदानको उपज”, “संविधान निर्माणदेखि कार्यान्वयनसम्म नेपाली काँग्रेसको प्रतिवद्धा” लगायतका प्लेकार्ड लिएर मौन प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय