गोपाल प्रसाद वश्याल
तानसेन भाद्र २४
अंग्रेजी शब्द निर्माण खेल स्क्याबल पहिलो पाल्पा जिल्लास्तरीय च्याम्पियनशिप तानसेनस्थित पाल्पा आवासीय विद्यालयमा सम्पन्न भएको छ ।
विभिन्न विद्यालयका ८ जना प्रतियोगी सहभागी यस प्रतियोगितामा बेथल बोर्डिङ स्कूलका सगुन नेपाल प्रथम सोही विद्यालयका आयुष परियार द्वितीय र पाल्पा आवासीयका श्रीजन पाण्डे तृतीय भएका छन् । जिल्ला प्रथम र द्वितीय भएका सगुन नेपाल र आयुष परियार आउँदो असोज २८ देखि ३० गतेसम्म हुने राष्«िटय च्याम्पियनशिपमा खेल्ने स्क््रयाबल क्लब पाल्पाका संयोजक गोपाल प्रसाद वश्यालले बताउनु भयो ।
अंग्रेजी अक्षरको टाइलबाट शब्द निर्माण गर्ने यो खेल २५—२५ मिनेटको समयअवधिमा जोडीमा प्रतिस्पर्धा गरिन्छ । प्रतियोगीहरूको जोडी परिवर्तन गरी २४ राउण्डमा खेलाउने अन्तर्राष्ट्रिय नियम रहेको भए तापनि एक दिने जिल्लास्तर प्रतियोगितामा ४ राउण्ड मात्र खेलाइएको थियो । प्रतियोगीहरू स्वयम्ले समय पालना, कम्प्युटरबाट शब्द परीक्षण, स्कोरिङ अभिलेख राख्नुपर्ने र द्विपक्षीय सहमतिमा प्राप्तांक जम्मा गरिन्छ । सबै खेलको अंक हिसाब गरी खेलाडीको स्थान निर्धारण गरिन्छ ।
प्रतियोगिताको अन्तमा आयोजित पुरस्कार वितरण समारोहमा शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका शाखा अधिकृत हेम शर्मा रिजालले विजयी खेलाडीलाई पुरस्कृत गर्दै यस खेलबाट शब्द निर्माणको साथै सिर्जनात्मक र पुराबृत्तिजस्ता बौद्धिक विकासमा सहयोग पुग्ने भएकाले यस खेलको विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । त्यसैगरी पाल्पा आवासीय विद्यालयका प्रिन्सिपल गोपाल पि. सी., समाजसेवी केदारलाल श्रेष्ठ, पत्रकार यज्ञमूर्ति तिमिल्सीना, बेथल स्कूलका शिक्षक इना राना, र विद्यार्थी आयुष परियारले खेलको महत्वका बारेमा बोल्नुभयो ।
स्क््रयाबल क्लब पाल्पा जिल्ला संयोजक गोपाल प्रसाद वश्यालको अध्यक्षता र इभेन्ट कोअर्डिनेटर क्षितिज नेपालको सञ्चालनमा चलेको समापन सत्रमा बोल्दै संयोजक वश्यालले विजयी विद्यार्थीहरूलाई राष्ट्रिय च्याम्पियनशिपमा सफलताको शुभकामना दिंदै अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा पुग्ने आशा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विजयी विद्यार्थीहरूका लागि पुरस्कारस्वरुप अंग्रेजी शब्दकोशहरूको सौजन्य समाजसेजी केदारलाल श्रेष्ठ र ब्यवस्थापन सहयोग पाल्पा आवासीय विद्यालयले गरेका थिए ।











