latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, १९ भदौ

पाल्पाको रम्भा गाउँपालिका ३ सिता पहाड नजिकै एक महिलाको बेवारिसे शव फेला परेको छ । सिद्धार्थ राजमार्ग छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी होम प्रकाश चौधरीले बताए  ।

हिजो दिउसो बोलेरो चालकले सडक छेउमा शव देखेपछी प्रहरीलाई खवर गरेका थिए । शवको प्रकृती हेर्दा अन्दाजी ३० देखी ३५ वर्ष उमेर र मधेसि मुलको हुन सक्ने अनुमान गरिएको छ । उनको अनुहार र टाउकोमा चोट लागेको देखिएको छ ।

घटना स्थल र शवको प्रकृती हेर्दा हत्या गरि फालिएको हुन सक्ने आसंका छ । महिलाको पहिरन निलो कुर्ता सलवारमा छ । प्रहरीले सवको पहिचानका लागि प्रयास गरिरहेको छ ।

घटना स्थल हेर्दा दुर्घटना भएको नदेखिनु र महिलाको सव राजमार्ग छेउमा हुनुले घटना रहस्यमय भएको बुझिन्छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवन भट्राईले घटनाको अनुसन्धान भईरहेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय