latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, नारायण युवा क्लव तानसेन पाल्पाको अध्यक्षमा विनायक महर्जन अध्यक्षमा निर्वाचित भएका छन् ।

२८ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन तानसेनमा भएको अधिवेशनले महर्जनलाई अध्यक्ष चयन गरेको हो । २०५४ सालमा स्थापना भएको क्लवले शनिबार एक औपाचारिक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।

क्लवको उपाध्यक्षमा सुनिल बुद्धाचार्य, सचिवमा विष्णुप्रसाद श्रेष्ठ, सह–सचिवहरुमा  अरविन्द्र शाक्य, विनोद भारती, कोषाध्यक्षमा सतिशराज शाक्य, सह–कोषाध्यक्षहरुमा बन्दना राना, एविन श्रेष्ठलाई चयन गरेको छ । यस्तै क्लवको सदस्यहरुमा अमृत महर्जन, अजिता महर्जन, विवेककाजी शाक्य, रमेश जक, जन्दीप न्यौपाने, सुरज श्रेष्ठ, दिपुदर्शन बज्राचार्य,  अर्चना खड्का रहेको क्लवका नवनिर्वाचित सह–सचिव विनोद भारतीले जानकारी दिए ।  

 साधारण सभाको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुवँरले उद्घाटन गरेकी हुन् । सभाको उद्घाटन गर्दै प्रजिअ कुंवरले क्लवले युवाको क्षमता विकास समाज तथा  सुधारको विषयमा गरेका काम प्रशंसनिय रहेको बताईन । उनले क्लवले लागु औषध दुव्यर्सनी विरुद्धका कार्यक्रम तथा कोरोनाकालमा मानव सेवा गरेर समाजप्रतिको देखाएको सक्रियता महत्वपूर्ण रहेको उल्लेख गरिन् । क्लवका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सभापति  हिमालदत्त श्रेष्ठले आफ्नो नेतृत्वमा शुरु भएको क्लवले नमुना कामहरु गर्दै आएको बताए । उनले ऐतिहासिक, धार्मिक सांस्कृतिक धरोहरको संक्षणमा क्लव लागिरहेको बताए । कोरोना कालमा खाद्यान्य वितरण, लागुऔषध विरुद्ध सचेतना कार्यक्रम, क्यान्सर सचेतना, सहयोग, खेलकुद प्रतियोगिता ,रक्तदान तथा सरसफाई कार्यक्रम क्लवले नियमित रुपमा गर्दै आएको समेत सभापति  श्रेष्ठले उल्लेख गरे । कार्यक्रममा तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य सविता भट्टराई, सिर्जनशिल टोल विकास संस्थाकी अध्यक्ष सरस्वती शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, संस्थाका सल्लाहकार द्वारिका प्रसाद शर्मा, तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, अमर नारायाण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायाण कोईराला, क्लवका सल्लाहकार युवराज पौड्याल लगायतले क्लवले गरेका गतिविधि चर्चा गरेका थिए ।  

वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव विनायक महर्जनले ब्याडमिन्टन प्रतियोगिता शुभकामना, आदानप्रदान, सरसफाई तथा संस्कृति जर्गेना ट्राफिक सचेतना, रक्तदान कार्यक्रम मुटु परीक्षण  जस्ता कार्यक्रमहरु गरेको  जानकारी गराए । संस्थाका कोषाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले  १० लाख बराबरको  वार्षिक  आयव्यय विवरण प्रस्तुत गरे । संस्थाक अध्यक्ष प्रविणराज शाक्यको अध्यक्षता, निवर्तमान अध्यक्ष किशोर दर्शन बज्राचार्यको स्वागत, सचिव विनयराज महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा क्लवसँग सहकार्य गरेर सामाजिक काममा सक्रिय भुमिका निर्वाह गरेका संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय