latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बिष्णु खनाल

पाल्पा, १४ भदौ-

बिःस २००७ साल भदौ १६ गते स्थापना भएको पश्चिम नेपालकै जेठो कन्या बिद्यालय मोहनकन्या माध्यमिक बिद्यालय तानसेनले हीरक महोत्सव मनाउन लागेको छ । बिद्यालयले शनिबार पत्रकार सम्मेलन गरि हीरक महोत्सब तयारीका बिषयमा जानकारी गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेले बिद्यालयको ईतिहास गर्भिलो भएको बताउदै स्थापना कालको बारेमा चर्चा गर्नुभयो । उहाँले बिद्यालय तानसेन बजारको मध्य भागमा हुनुको कारण कन्याहरु धेरै टाढासम्म अध्ययन गर्न जाँदा असुरक्षित हुन्छन भन्ने पुरानो मान्यताका कारण त्यस समयमा बजारको बीच भागमा बिद्यालय स्थापना भएको बताउनुभयो । बिद्यालयले छात्राबास, यातायातको सुबिधा लगायतका सुबिधाले कन्याहरुलाई शिक्षा प्राप्त गर्न सहज भएको उहाँले बताउनुभयो ।
बिधालयले हीरक महोत्सवको अबसरमा एक बर्षदेखि नै विविध कार्यक्रम गर्दै आएको छ । हीरक महोत्सबको अवसरमा भदौ १६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले मुख्य अतिथीको रुपमा पाल्नुहुने भएको छ ।

पत्रकार सम्मेलनमा बिधालयका प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीले हीरक महोत्सबपछि बिद्यालयमा नयाँ युगको प्रारम्भ हुने बताउनुभयो । उहाँले कन्याहरुले मात्र अध्ययन गर्ने बिद्यालय भएकाले छात्राहरुलाई धेरै सुबिधा दिईएको बताउनुभयो । बिद्यार्थीहरुसंग कुनै शुल्क लिइएको छैन । ८ कक्षासम्म निशुल्क दिवा खाजा,अङ्ग्रेजी माध्यममा समेत पाठ्यपुस्तक निशुल्क तथा पहिलोपटक भर्ना हुने विद्यार्थीहरुलाई पोसाक निशुल्क दिने गरिएको प्रअ ज्ञवालीले जानकारी दिनुभयो ।
२०७० सालबाट कम्युटर इन्जिनियरको पढाई सुरु गरेको बिद्यालयले प्राबिधिक शिक्षा पनि निशुल्क गरेको छ । हालसम्म १ हजार १ जना छात्रा तत्कालीन एसएलसी हालको एसईइ उतिर्ण भएका छन् । भने ८ सय ६५ जना कक्षा १२ उतिर्ण भएका छन् । बिद्यालयमा हाल ३ सय १३ जना कन्या बिधार्थीहरु अध्ययनरत रहेका छन् ।
“६० सालअधिको अबस्था हेर्ने हो भने यस बिधालय हेर्न अन्यत्रबाट आउने गर्थे । बिद्यालयको भौतिक अवस्था, गुणस्तर कक्षाकोठा समेत त्यतिखेर उत्कृष्ठ थिए ।” प्रअ ज्ञवालीले भन्नुभयो । बिद्यालयले राजनैतिक दल, पत्रकार, समाज सबैसंग सहकार्य गरेर आगाडी बढेको छ । प्रअ ज्ञवालीले हीरक महोत्सब सफल पार्न सबैको साथ,सहयोग, समंर्थन पाउने बिश्वास ब्यक्त गर्नुभयो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिधान प्रसाद श्रेष्ठले हीरक महोत्सब सफल पर्न आफु स्वयम् दिनरात खटेको बताउदै । कन्याहरुले अध्ययन गर्ने बिद्यालयलाई स्थानीय सरकारले समेत महत्व दिनुपर्ने बताउनुभयो । कन्याकै बिद्यालयमा बिद्यालय नर्स कार्यक्रम लागु हुन नसक्नु दुखको कुरा भएको बताउनुभयो । उहाँले पाल्पा जिल्ला अस्पतालसंग बिद्यालयको जग्गा सम्बन्धमा उठेको बिषयमा धेरै प्रयास गर्दा समेत सफल हुन नसकेको बताउनुभयो । त्यसका लागी प्रधानमन्त्रीसंग समेत कुरा भएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलन बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिधान प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षक मन गहिरेको स्वागत र सन्चार एवम् प्रचार प्रसार समितिका संयोजक गोपाल प्रसाद बस्यालको सन्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय