पाल्पामा ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा पाल्पामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले जिम्मेबारी सम्हालेकी छिन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भएर बज्राचार्य जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी हुन् ।

पाल्पा अाएपछि प्रमुख जिल्ला अधिकारी बज्राचार्यले जिल्लाका विभिन्न क्षेत्रका सराेकारवालाहरूसँगकाे भेटघाटलाइ तिव्रता दिएकी छिन् । पाल्पाली पत्रकारहरूसँगकाे भेटमा प्रजिअ बज्राचार्य भन्छिन् ‘नागरिकले सहज रुपमा कार्यालयहरुबाट पाउनुपर्ने सुचनाको हकलाई प्राथमिकता दिएर काम गर्नेछु’, उनले भनिन्, ‘नागरिक समाजका अगुवाहरुबाट प्राप्त सुझावलाई मध्येनजर गरेर जिल्लाको सुशासन कायम गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

२०२९ सालमा पाल्पामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रुपमा लभ विक्रम शाह आएका थिए । त्यसपश्चात अहिलेसम्म आएका ४५ जना सबै प्रमुख जिल्ला अधिकारीहरु पुरुष नै थिए । प्रमुख जिल्ला अधिकारी बज्राचार्यले जिल्लाका राजनैतिक दल, पत्रकारलगायत नागरिक समाजका अगुवाहरुसंग परिचय तथा सुझाव ग्रहण गरिरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय