latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

तानसेन नगरपालिकाले ल्यायो (LISA) मा उत्कृष्ठ नतिजा : पाल्पामा प्रथम, लुम्बिनी प्रदेशमा पाँचौं स्थान

चुरामणी पोखरेल, पाल्पा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.ब. २०८०/८१ का लागि सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा तानसेन नगरपालिका पाल्पा जिल्लामै उत्कृष्ठ बन्न सफल भएको छ । पाल्पाका १० वटा स्थानीय तहमध्ये तानसेनले ८८.७५ अंक ल्याउँदै जिल्लामै पहिलो स्थान हासिल गरेको हो । तानसेन नेपालमै १० अौं स्थानमा परेको छ ।

तानसेन नगरपालिकाले शासकीय प्रबन्ध, न्यायिक कार्यसम्पादन, वित्तीय एवं आर्थिक ब्यबस्थापन, सहकार्य र समन्वय लागायतका सूचकमा उच्च अंक प्राप्त गरेको मन्त्रालयले सार्बजनिक गरेको नतिजामा उल्लेख छ ।

त्यस्तै, लुम्बिनी प्रदेशभरका स्थानीय तहबीचको प्रतिस्पर्धामा तानसेन नगरपालिका ५ औं स्थानमा परेको छ । प्रदेशस्तरमा तिलोत्तमा नगरपालिका पहिलो, देवदह नगरपालिका दोस्रो, रुरु गाउँपालिका तेस्रो, बाणगंगा नगरपालिका चौथो र तानसेन नगरपालिका पाँचौं स्थानमा परेका छन् ।

नागरिकमैत्री सेवा प्रवाह र सुशासनप्रतिको निरन्तर प्रतिबद्धता नै यस सफलताको मुख्य कारण हुन् । आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याएर सेवा प्रवाहलाई थप उचाइमा पुर्‍याउने संकल्प नगरपालिकाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय