latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, हरितालिका तिजको पूर्व सन्ध्यामा बुधबार रामपुर नगरपालिकाले उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत    खुला मौलिक तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ । रामपुर नगरपालिकाको प्राङ्गणमा भएको प्रतियोगितामा १५ वटा विभिन्न  संघ संस्था तथा समूह बाट नगर भित्रका दिदी बहिनीहरुले सहभागीता जनाएको थियो । प्रतियोगितामा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर(५ पाल्पाको अनिसा रानाको समूह प्रथम, नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस शशी ढकालको समूह द्वितिय, क्षेत्री समाज रामपुरको समूह तृतीय र नव दुर्गा आमा समूह रामपुर(३ दुर्गा भट्टराईको समूह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक लखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो ।प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमश नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

विजेता समूहलाई राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले पुस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा सहभागीहरुले गीत मार्फत नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नु पर्ने कदम, नागरिकको भुमिका सहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगाएतका विषयवस्तु प्रस्तुत गरेका थिए ।प्रतियोगिताको राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले उट्घाटन गर्नु हुँदै वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । अधिकार सम्पन्न हुँदाहुँदै पनि केही पुरुषहरुले धर्म छाड्दै गर्दा महिलाहरु विभेद्मा परेको बताउनुभयो । ‘विगतमा पुरुषहरुले आफ्नो अनुकुल कानुन निर्माण गरेकाले महिलाहरु पछि परेपनि वर्तमान संविधान र व्यवस्थाले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ ।’ उहाँले भन्नुभयो । यो  वर्तमान व्यवस्थालाई फेल हुन दिन नहुने बताउँदै उहाँले भन्नुभयो,  ‘यो व्यवस्था अत्यन्तै राम्रो छ । संघियता कै कारण जनतको घर दैलोमा सिंहदरबार आएको छ ।’ सापकोटाले हाम्रो धर्म, संस्कार संस्कृतिलाई कहिल्यै भुल्न नहुने धारणा राख्नु भएको थियो ।उहाँले विश्वमै शालिग्राम पाईने एक मात्र नदी कालीगण्डकीको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कालीगण्डकी र शालिग्रामको संरक्षणका लागि डाईभर्सनको विरुद्धमा स्थानीय जनताको साथमा रहेर सदनमा आवाज उठाउँदै आएको र निरन्तर रुपमा लागि रहने समेत प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख एवं सल्लाहाकार विष्णु देवि घिमिरे आचार्यले महिलाहरु संगठित भएर विगतमा गरेको संघर्षले वर्तमान उपलब्धी प्राप्त बताउँदै यसलाई संस्थागत गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।  रजनताको सुझाव र प्रतिक्रियाले जनप्रतिनिधि र स्थानीय सरकारलाई जागरुक बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार विष्णु माया ढकालले महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउन सके मात्र मुलुकको विकासले गति लिने बताउनुभयो । कार्यक्रममा नेपाल महिला संघ रामपुरका उपाध्यक्ष सावित्रा गैरे, अखिल नेपाल महिला संघ रामपुरका उपाध्यक्ष राधिका भण्डारीले आफ्नो धारणा राख्नु ‍भएको थियो ।रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले तीजको मौलिकपनलाई जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । तीजको मौलिक भाका संरक्षण संगै पर्वको नाममा भित्रिएका विकृतिलाई हटाउन सचेतनाका लागि कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

उपप्रमुख थापाको अध्यक्षतमा भएको कार्यक्रम रामपुर नगरकार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका न्यायिक समितिका सचिव पार्वती परियार र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नु भएको हो । कार्यक्रमको अवसरमा साविक गजरकोट नेवास् समूहको लाखेनाच समेत प्रदर्शन गरिएको थिय‍ो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय