latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पाकाे लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल पक्राउ परेका छन् । रम्भा गाउँपालिका–४ मा मुख्य कार्यालय रहेको सहकारीको  २ करोड ८७ लाख ५७ हजार रुपैयाँ बचत हिनामिना गरेको आरोपमा बमरेल पक्राउ परेका हुन् ।

लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको अनुसन्धानपछि तयार पारेको प्रतिवेदन अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाले उनलाई पक्राउ गरिएकाे बताइएकाे छ । सहकारी ठगी कसुर सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवनकुमार भट्टराइले बताए । उनले भने “सहकारी संस्थामा कार्यकारी प्रमुख तथा व्यवस्थापक भई काम गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यहरुले वचत गरेको रकम गैरकानूनी तवरबाट आफ्नो व्यक्तिगत पारिवारीक प्रयोजनमा दुई करोड ८७ लाख ५७ हजार ७ सय ४० रुपैयाँ खर्च गरी सहकारी ठगी गरेको भन्ने जाहेरी परेपछि पक्राउ गरिएको हो ।”

सहकारी रकम अपचलन गरेको आरोप लागेपछि २०८१ माघ २६ गते व्यवस्थापकको जिम्मेवारीबाट हटाइएको थियो । बमरेलले कार्यकारी प्रमुख तथा व्यवस्थापक भएर लामो समय काम गरेका थिए । सहकारीका अध्यक्ष सुवि विश्वकर्माले अनुसन्धान गर्दै जाँदा  रकम अपचलन भएको थाहा भएपछि प्रहरीमा उजुरी दिइएको बताए । उनले भने “ प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट आएको प्रतिनिधि टोलीले समेत कागजात अनुसन्धान गरी रकम अपचलन गरेको पुष्टि गरेको छ ।” २०६५ सालमा स्थापना भएको सहकारीमा करिब ३ हजार ५ सय  शेयर सदस्यहरु रहेका छन् ।

सहकारी रकम अपचलन सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय