latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, २४ साउन – श्री सिद्धिविनायक गणेश मन्दिर पाल्पा रथयात्राले यस वर्ष गौरवमय सयौँ वर्षको यात्रा गर्दैछ । साउन २६ गते भजनकिर्तन र २७ गते रथयात्रा गर्न लागिएको हो ।
श्रीनगर सिद्धिविनायक सहयोग समितिले मन्दिरको संरक्षण, विकास र जात्राको भव्यताका लागि सहयोग गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको गुठियार हिमाल दत्त श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठले गणेश मन्दिर पाल्पाको गौरव र इतिहास बोकेको सांस्कृतिक धरोहर भएको बताउँदै यसको संरक्षण र जात्राको निरन्तरताका लागि नगरपालिकाबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले पुरानो संस्कृति जोगाउने अभियानमा नगरपालिका सदैव सक्रिय रहने पनि उल्लेख गर्नुभयो ।

सोही अवसरमा तानसेन गुठी काठमाडौंले रथयात्रा निकाल्दा ओढाइने धार्मिक छाता हस्तान्तरण गरेको थियो । करिब एक लाख १० हजार रुपैयाँ मूल्य बराबरको छाता पूर्वअध्यक्ष सर्जुलाल लिगलमार्फत समितिलाई प्रदान गरिएको हो । उहाँका अनुसार विशेष गरी नेवार समुदायको गुठीका रूपमा रहेको गणेश मन्दिरलाई आवश्यकताको आधारमा यो सहयोग गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, बुद्धिजीवी बुद्धिप्रसाद शर्मा, वडा अध्यक्ष बाबुरत्न शाक्य, भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जन, तानसेन गुठी शाखा अध्यक्ष सकुन्तला बज्राचार्य, नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सिना लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले पाल्पाका पुराना संस्कृतिको संरक्षणमा सबै पक्ष जुट्नुपर्नेमा जोड दिएका थिए । यस अवसरमा मदनलाल श्रेष्ठले गणेश जात्राको ऐतिहासिक पृष्ठभूमि र महत्वबारे जानकारी गराउनुभयो ।कार्यक्रमको अध्यक्षता केदारलाल श्रेष्ठले गर्नुभएको थियो भने संचालन सचिव दीपेन्द्र थैवले गर्नुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय