latest
रिब्दीकोट भित्रका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण  ||    न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा   ||    तानसेनमा नेवार बौद्ध समुदायका सांस्कृतिक मूल्यबारे छलफल  ||    युवा : उमेर होइन, सम्भावनाको नाम हो  ||    अमेरिकी दूतावासको सहयोगमा २० उदीयमान उद्यमीको व्यवसाय प्रदर्शनी, पाल्पाली ढाका उत्कृष्ट २० मा  ||    रामपुर नगरपालिकाको वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई  ||    मिलेनियम स्कुल चमेना गृहमा ग्यास दुर्घटनामा घाइते बालिकाको उपचारका क्रममा मृत्यु  ||    करदाता सेवा कार्यालय हटाइँदा सेवाग्राहीलाई सास्ती, पुनः स्थापना गर्न जोड  ||   
मंगलबार , भाद्र २, २०८३

बगनासकाली गाउँपालिका वडा नं. ३ आर्यभञ्याङका युवा राेहित गहतराजले पेट्राेल कार बनाएका छन् । १६ वर्षिय युवा गहतराजले स्थानीयस्तरमै सामाग्री जुटाएर ५० किलाेमिटरसम्म दाैडिने कार बनाएका हुन् ।

बाइककाे इञ्जन जडान गरेर राेहित गहतराजले कार बनाएका हुन् । अपाची आरटिआर १ सय ६० सिसीकाे बाइककाे इञ्जिन जडान गरिएकाे हाे । कुल एक लाख लागतमा दुइ वर्ष लगाएर कार निर्माण गरिएकाे गहतराजले बताए । आँफैले कमाएकाे केही रकम र दाइकाे सहयाेगमा मनकाे इच्छा पुरा गर्न सफल भएकाे उनले बताए ।

तानसेनकाे बेथल इङलिस सेकेण्डरी स्कुलबाट कक्षा १० (एसइइ) उतिर्ण राेहितले बि प्लस ल्याएर एसइइ उतिर्ण गरेका हुन् । भविष्यमा कसैकाे सहयाेग भएमा अन्य गाडी बनाउने याेजना समेत रहेकाे उनी बताउँछन् । गाउँ सरकारदेखी धेरैले कार चढेर अनुभव गरे पनि कसैले सहयाेग नगरेकाे दुखेसाे उनले सुनाए । कसैकाे सहयाेग पाए राम्राे कार र अन्य गाडी बनाउने याेजना रहेकाे उनी सुनाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय