latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

अडिटर्स एशोसिएशन (अडान) पाल्पाले २० औं स्थापना दिवस मनाएको छ । लेखापरीक्षकहरुको छाता संगठन (अडान) ले तानसेनमा अन्तर्क्रिया गर्दै नियामक निकायहरूले लेखाविधिका सिद्दान्तलाइ बुझेर लेखा राख्ने कार्य व्यवस्थित बनाउनु आवश्यकता रहेकाे बताएका थिए ।

करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सन्तोष सुवेदीले कर व्यवस्थामा समय समयमा परिवर्तन हुने हुँदा लेखा परीक्षक पनि अपडेट रहिरहनु आवश्यक रहेकाे बताएका थिए । उनी भन्छन्, सरकारले करलाइ व्यवस्थित बनाउन कर प्रणाली अनलाइन गरेकाे हाे । कर मूल्याङ्कन गर्न नेपाल वित्तिय प्रतिवेदन मापदण्ड (एनएफअारएस) महत्वपूर्ण हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठले नीजि क्षेत्रले करको माध्यमबाट सरकारको राजस्व असुलीमा महत्वपूर्ण योगदान गरेको बताए । जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेयले सहकारी संस्थाहरुको लेखा परीक्षणका क्रममा लेखा परीक्षकले गम्भीर भएर ध्यान दिए मात्र सहकारी संस्थाहरुमा देखिएको अपचलनको समस्याहरु कम हुदैँ जाने धारणा व्यक्त गरे । कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव जगदीश भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने लगायतले सहकारी संस्थाहरुलाई लगाइएको कर वैज्ञानिक नभएको धारणा राख्दै लेखापरीक्षकहरु केवल लेखा परीक्षणमा मात्र नभएर, आर्थिक परामर्शदाताको रुपमा काम गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा अडान लुम्बिनी प्रदेश सह–सचिव विक्रम भट्टराई, केन्द्रीय प्रतिनिधी लीला अर्याल, दीवाकार अर्याल लगायत जिल्लाका पदाधिकारी एवं रजिस्टार लेखापरीक्षकहरुको सहभागिता रहेको थियो । अडान पाल्पाका अध्यक्ष राधेश्याम ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण कोइरालाको स्वागत, कोषाध्यक्ष यज्ञप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर सम्बन्धी भएका व्यवस्था, मौद्रिक नीतिले पार्ने प्रभावका विषयमा छलफल समेत भएकाे थियाे ।दर्तावाल लेखापरीक्षकहरूकाे साझा संगठन अडानले पाल्पा जिल्लामा लेखा सम्बन्धी कामकाे नियमन तथा अनुगमन गर्नुका साथै व्यवसायीहरूकाे हकहितमा कार्य गर्ने अध्यक्ष राधेश्याम ज्ञवालीले बताए । पाल्पामा करिब २५ लेखा परीक्षण व्यवसायीहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय