latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

रामपुर (पाल्पा) । नमस्ते रामपुर यातायात प्रालीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सकिएको छ । प्रालीका अध्यक्ष राजन पोखरेलको अध्यक्षतामा राम्चे सामुदायिक वनको सभाहलमा साधारण सभा भएको हो ।
संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष पोखरेलले, आर्थिक प्रतिवेदन सञ्चालक दोवराज तिवारी, क्यु सम्बन्धी प्रतिवेदन सञ्चालक तथा क्यु संयोजक भोजराज भट्टराई, दुर्घटना सम्बन्धी प्रतिवेदन सञ्चालक तथा दुर्घटना समिति संयोजक किर्तिनाथ श्रेष्ठले साधारण सभामा प्रस्तुत गरेका हुन् ।
साधारण सभाको अवसरमा आयोजना गरिएको भाग्यशाली चिठ्ठा प्रतियोगिताको पुरस्कार प्राप्त गर्ने व्यवसायी स्याङ्जा चापाकोट नगरपालिकाका सतबहादुर कुमाललाई सम्मानसहित पुरस्कार प्रदान गरिएको छ ।
प्रालीमा सबैभन्दा धेरै सवारी साधन दर्ता गरी सञ्चालन गर्ने व्यवसायी मोतीप्रसाद पाण्डेय, नियमित रुपमा सवारी सञ्चालन गर्ने शिवप्रसाद ढकाल, रविन्द्र पंगेनी, मिलन अर्याल, उत्कृष्ट चालक तथा व्यवसायीबाट पुष्प गुरुङ, उत्कृष्ट चालक बलनारायण श्रेष्ठ, व्यवसायीहरु दिपक पाठक, ऋषिराम पोखरेल, दिपक श्रेष्ठ, रामबहादुर थापा लगायतलाई सम्मान सम्मान गरिएको छ ।
कर्मचारीतर्फ शाखा प्रमुख अर्जुन ढुंगेल, रामपुर शाखाबाट रोशन थापा, दामोदर भण्डारी, कावासोती काउन्टरबाट सुन्दर बस्याल, पश्चिम नेपाल बस व्यवसायी प्रालीका रामपुर ईन्चार्ज श्यामबहादुर मल्ल उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् । प्रालीका सञ्चालक भोजराज भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक भेषराज पोखरेलले गरेका हुन् भने धन्यवाद सञ्चालक विनोद श्रेष्ठले दिएका हुन् ।
साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि पुनः राजन पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । समितिको सञ्चालहरुमा भोजराज भट्टराई, कुलमणी रेग्मी, विनोद श्रेष्ठ, दोवराज तिवारी, किर्तिनाथ श्रेष्ठ, रामप्रसाद थापा ‘लाहुरे’, बलबहादुर खड्का, कमल लम्साल, शिवप्रसाद ढकाल, सोमबहादुर नेपाली, रविन्द्र पंगेनी, विष्णुकुमार श्रेष्ठ रहेका छन् ।
रुट संयोजकमा बसतर्फ पवनकुमार श्रेष्ठ, बलेरो र स्कारपियोको रुट संयोजकमा मनोजकुमार खत्री, इको भ्यान र भ्यान संयोजकमा दिपक पाठक, अटो रिक्सा संयोजकमा रनेश सुनार, फोर्स जीप नारायणघाट रुट संयोजकमा काशीनाथ भट्टराई, फोर्स जीप पोखरा रुट संयोजकमा भिमबहादुर उचै, फोर्स जीपकै कावासोती रुट संयोजकमा गोविन्द कंडेल, मुस्ताङ जीपतर्फ बुद्धबहादुर खाम्चालाई चयन गरिएको छ ।

समितिलाई निर्विरोध रुपमा चयन गराउन महत्वपूर्ण भूमिका बहन गर्ने सञ्चालक कुलमणी रेग्मी, व्यवस्थापक भेषराज पोखरेल, तत्कालिन रामपुर यातायात प्रालीका पूर्व सचिव बालकृष्ण पौडेल, सहसचिव दाबहादुर राना, कर्मचारीहरु लक्ष्मण शाही र दामोदर भण्डारीले नवनिर्वाचितलाई बधाई दिदै रचनात्मक कार्यका लागि सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय