latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा,रामपुरको मुख्य बजार वेझाँड बजार चोकमा हाई मास्क लाइट जडान गरिएको छ । रामपुर नगरपालिकाको पहलमा उर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको हो ।

बजार क्षेत्रको सुरक्षा संगै सौन्दर्यकरणका लागि बजारको चोकमा लाइट जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विषेश गरी रातको समयमा बजार क्षेत्रमा सहज रुपमा आवत जावत गर्न र व्यापारिक सुरक्षाका लागि लाइटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित अपराधिक घटना हुन नदिन सुरक्षाको हिसाबले आवश्यक ठानेर बत्ति जडान गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।बजारमा अटोमिटिक सिस्टम सहितको हाई मास्क लाइट जडान गरिएको र उक्त लाइटको विद्युत महशुल नगरपालिकाले भुक्तान गर्ने नगर प्रमुख थापाको भनाई छ । बजारको सुरक्षा संगै व्यवसायीहरुको सहजताका लागि हाईमास्क लाइट जडान गरिएको वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताउनुभयो।

जिल्लाकै मुख्य व्यापारिक केन्द्र वेझाँड बजारमा रातको समयमा सहज होस भन्ने उद्देश्यले लाइट माग गरिएको र उक्त माग अनुसार उर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत योजना सम्पन्न भएको उहाँले बताउनुभयो । वेझाँड बजारको उज्यालो शहर अन्तर्गत वडा भित्रका विभिन्न स्थानका सडक र चोकहरुमा सडक बत्ति जडान गरिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । लाइट जडान संगै रातको समयमा अवेर सम्म पसल व्यवसाय सञ्चालन गर्न र पसलको सुरक्षाका लागि सहयोग पुग्ने रामपुर वेझाँड बजार चोकका व्यवसायी ढुंगाना स्टोर्सका घनश्याम ढुंगानाले बताउनुभयो ।रामपुर नगरपालिकाले माग गरे अनुसार उर्जा ,जलस्रोत तथा सिंचाई मन्त्रलाय लुम्बिनी प्रदेश मार्फत 6 लाख रुपैयाँ बराबरको लागतमा १६ मिटर उचाई,प्रति वल्ब ३ सय वाट क्षमता रहेको ८ वटा गरी २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएको हो । यसबाट वेझाँड बजार चोक क्षेत्रका ३ सय मिटर वरपर सम्म उज्यालो हुने छ ।

जडान गरिएको हाईमास्क लाईट गर्मिको समयमा साँझ ७ बजे देखि विहान ५ बजे सम्म र जाडोको समयमा साँझ ६ बजे देखि विहान ६ बजे सम्म साथै आवश्यकता अनुसार स्वचालित(अटोमेटिक) रुपमा बल्न र बन्द गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय