- जिल्ला बाल संगठन पाल्पाको १३ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन उद्घाटन वरिष्ठ पत्रकार मेघराज शर्माले बालअधिकार, बालबालिकाको संरक्षण र अभिभावक सचेतनाको क्षेत्रमा संगठनले काम गर्न आग्रह गर्नुभयो ।
उहाँले बाल संगठनले आर्थिक स्रोत जुटाएर जिल्लाभर आफ्नो कार्यक्रम लिएर जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संगठनका सभापति सोमनाथ अर्यालले संस्थाले गरेका काम तथा आगामी दिनमा गर्न सकिने योजनाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विभन्न संस्थाहरूकाे सहयाेगमा भवन मर्मत, बाल संगठन मातहत रहेका सम्पत्तिकाे संरक्षण, बालअधिकार सम्बन्धी विविध कार्यक्रम गरेकाे जानकारी दिनुभयाे । संगठनका सचिव नविन थापाले संस्थाको आर्थिक आयव्याय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष रेखीराम राना, बालमन्दिर प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद बस्याल, विद्यालयका प्रधानाध्यापक पार्वती पौडेल, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हिरा आचार्यलगायतले आ–आफ्नो धारणा राख्नुभयो ।



अधिवेशनले पुन सोमनाथ अर्यालको सभापतित्वमा नयाँ समिति निर्वाचित गरेको छ । जसको सदस्यहरुमा गोविन्द नेपाल, नविन थापा, राजेन्द्र लिगल, ढकेश्वर बस्याल, शिवकुमारी गाहा, रामप्रसाद तिमिल्सिना, मन्जु विक निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक विनोद कार्कीले जानकारी दिनुभयो ।










