latest
विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||   
बिहिबार , कार्तिक २७, २०८३

पाल्पा, १६ साउन

पश्चिम नेपालकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा कम्युटर बिज्ञान तथा सूचना प्रबिधि पढाइ हुने भएको छ । पछिल्लो समय पुराना बिषयहरु प्रती विद्यार्थीहरुको आकर्षण घट्दै गइरहेको अबस्थामा त्रिभुवन बहुमुखी क्याम्पसमा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि बिषय पढाई हुन लागेको हो ।

बिबिएमा देशमै प्रथम हुन सफल यस क्याम्पसमा कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधी कार्यक्रमलाई समेत उत्कृष्ट बनाउने गरि तयारी गरिएको क्याम्पस प्रमुख डाक्टर टंक प्रसाद पन्थले बताउनुभयो । उहाँले देशको माग अनुसार घरमै बसेर लाखौं आम्दानी गर्न सकिने बिषय यस क्याम्पसमा आएकाले यस क्षेत्रका विद्यार्थीहरु अब काठमाडौ बुटवल आइटी पढ्नैका लागि जान नपर्ने बताउनुभयो । क्याम्पस प्रमुख पन्थका अनुसार पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङसम्मका बिद्यार्थीहरु लाभान्वित हुनेछ्न । पछिल्लो समय बिधालय, सरकारी कार्यालय, कम्पनी , बैंक तथा बित्तीय संस्थाहरुमा कम्प्युटर तथा सूचना प्रबिधि प्रबिधिकहरुको माग रहेकाले समयको माग अनुसारको कार्यक्रम ल्याइएको हो ।

निबर्तमान क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले बिश्व बिद्यालयको क्षेत्राधिकार भित्र रहेर उत्कृष्ट नतिजा दिएर बिषयबिज्ञ प्राध्यापक ल्याइ अध्यापन हुने बताउनुभयो । उहाँले लामो प्रयासका बीच कार्यालय ल्याउन सफल भएको धारणा राख्नुभयो । ३६ जना विद्यार्थी कोटा रहेको कार्यक्रममा ८ सेमेस्टर अध्ययन पूरा गर्न करिब ४ लाख खर्च लाग्ने छ । पुरानो शैक्षिक हबको रुपमा रहेको तानसेनलाई नयाँ प्राबिधिक शिक्षाले शैक्षिक चहलपहल वृद्धि गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय