latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, साउन १४
रोटरी क्लव अफ पाल्पा लुम्बिनीले प्रभास क्षेत्र परिसरमा विभिन्न जातका विरुवाहरुको वृक्षारोपण गरेकाे छ ।  तानसेन नगरपालिका वाड नं ७ अन्तर्गत गरि प्राकृतिक सुन्दरतालाई हराभरा बनाउने उद्धेश्य अनुरुप एक कार्यक्रमका साथ वृक्षारोपण कार्यक्रम गरिएकाे हाे ।

उक्त कार्यक्रममा क्लबका प्रसिडेन्ट रो. लक्ष्मण कोइरालाले रोटरी बर्ष २०२५÷०२६ को योजना अनुरुप संरक्षण सहितको वृक्षारोपण गरिएकाे बताए । वृक्षारोपण आजको समयमा पर्यावरण संरक्षण र दिगो विकासको लागि एक महत्वपूर्ण कदम हो। जलवायु परिवर्तन, वन विनाश, र वायु प्रदूषण जस्ता समस्याहरूले विश्वलाई चुनौती दिइरहेको बेला, बृक्षारोपणले यी समस्याहरूको समाधानमा ठूलो योगदान पुर्याउँछ ।

क्लबका पास्ट प्रेसिडेन्ट रमेश न्यौपानेले वातावरणलाई स्वच्छ राख्न, जैविक विविधताको संरक्षण र मानव जीवनको गुणस्तर सुधारमा पनि सहयोग गर्ने भएकाेले वृक्षाराेपण गरिएकाे बताए । वृक्षारोपण पश्चात रोपेका विरुवाहरुको संरक्षण महत्वपूर्ण भएकोले रोपेको विरुवाहरुलाई संरक्षणसहित हुर्काउने प्रतिबद्धता तानसेन नगरपालिका वार्ड नं ७ का अध्यक्ष तथा क्लबका इमिडेट प्रेसिडेन्टरो.प्रदिप खनालले बताए ।
वृक्षारोपण कार्यक्रम संयोजक रो.डा.बिलास श्रेण्ठले बृक्षारोपण केवल रूख रोप्ने कार्य मात्र होइन, यो हाम्रो भावी पुस्तालाई स्वच्छ र हरियाली वातावरणको उपहार दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा तानसेन नगरपालिका वार्ड नं ७ का अध्यक्ष, वृक्षरोपण कार्यक्रम संयोजक रो.डा.बिलास श्रेण्ठ, क्लवका विभिन्न कमिटिका संयोजक, क्लवका रोटरियन सदस्यहरु, ता.न.पा ७ का वार्ड सदस्य शुसिल नेपाल, लगायत रोट¥याक क्लव अफ पाल्पा लुम्बिनीका प्रेसिडेन्ट, रोट्रयाक्टरहरु साथै स्थानीयहरुको वाक्लो उपस्थिति रहेको क्लबका पब्लिक इमेजका डाइरेक्टर रोटरियन भक्तिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय