latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बलिउड नायिका मिनिषा लाम्बाले सन् २०१५ मा बिहे गरेकी थिइन् । तर, उनको बैबाहिक जीवन लामो समयसम्म चल्न सकेन । गतबर्ष मिनिषाले आफ्ना पतिसँग डिभोर्स गरेकी थिइन् ।

उनै, मिनिषाले आफू एक पुरुषको प्रेममा रहेको खुलाएकी छिन् । मिनिषाले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘कुनै पनि व्यक्तिसँगको प्रेम वा बैबाहिक जीवनको अन्त्य हुनु भनेको जीवनको नै अन्त्य हुनु होइन । म यतिबेला एक पुरुषको प्रेममा छु । हामी, प्रेममा निकै खुशी छौ ।’

उनले डिभोर्सको बारेमा कुरा गर्दै भनेकी छिन्–‘यदि, जीवन एकसाथ चल्न सकेन भने दुई जना मानिसहरु एकसाथ नरहँदा नै राम्रो हुन्छ । यसमा दुवै जना गलत हुँदैनन् । यस्तो परिस्थितीमा कसैलाई पनि दोष दिनु गलत हुन्छ । किनकी, कतिपय कुराहरु निजी हुन्छन् र यस्तो समयमा अरुलाई दोष दिनु उसको अपमान गर्नु हो ।’

मिनिषले सन् २००५ मा बलिउड चलचित्र ‘यहाँ’बाट करिअर सुरु गरेकी थिइन् । यसपछि उनले ‘हनिमुन ट्राभल्स प्राइभेट लिमिटेड, बचना ए हसिनो, किन्ड्याप, वेल डन अब्बा, हम तुम शबाना’ लगायतका चलचित्रमा काम गरेकी छिन् । उनी सन् २०१४ मा ‘बीग बोस’मा पनि सहभागी भएकी थिइन् ।

पछिल्लो समय उनी आफ्नो डिजिटल प्रोजेक्टमा व्यस्त छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय