latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीकाे लागि बजेट अभाव हुन नदिने खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् । तानसेन खानेपानी उपाभोक्ता समितिले पानी रिजर्वको लागि अगाडि  सारेको ५० लाख लिटर क्षमता ट्याङ्की निर्माणको योजनाको लागि आवश्यक बजेटको व्यवस्था गर्ने मन्त्री यादवले बताएका हुन् ।

शनिबार पाल्पाकाे तानसेनमा तानसेन खानेपानी उपभाेक्ता समितिकाे १० अाैं साधारणसभालाइ सम्बाेधन गर्दै  खानेपानी ट्याङ्की निर्माणका लागि ३५ करोड बजेट आवश्यक पर्ने भएकाले आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा १० करोड विनियोजन गरेको भन्दै दशैपछि बाँकी बजेट व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।  मन्त्री यादवले खानेपानीमा केही प्रतिशत जनताबाट कर लगाइँदै आइएकोमा अब कर नलाग्ने शतप्रतिशत नै सरकारले लगानी गर्ने बताए । उनले भने“‘जनताको पानी सरकारको लगानी’ अवधारणा अन्तर्गत लिफ्टीङ  खानेपानीमा लाग्दै आएको कर अब लाग्दैन । संघीय सरकारबाट ८५ प्रतिशत र प्रदेश, स्थानीय सरकारबाट १५ प्रतिशत आर्थिक भार व्यहोर्ने गरी हामीले व्यवस्था गरेका छौं ।”  मन्त्री  यादवले अर्बौं लगानीमा  बनाइएका सडक, पुलहरुको जनताबाट कुनै पनि महसुल सरकारले नलिने तर  खानेपानी जस्तो आधारभूत आवश्यकताको  वस्तुमा महसुल लिने कुरा सान्दर्भिक नभएपछि हामीले त्यो व्यवस्था हटाएर सरकारले नै शतप्रतिशत लगानी गर्ने गरी व्यवस्था गरेको बताए ।

“देशभरीका ४२ हजार उपभोक्ता समितिहरूलाई कसरी राम्रो गर्ने भनेर मन्त्रालय लागि परेको छ । हामीले उपाभोक्ता समितिसँग सहकार्य गरी काम गर्दै आएका छौँ” उनले भने “आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी हो । सोही अनुसार हामीले काम गरिरहेका छौं ।” खानेपानी र सरसफाइ देशको प्राथमिक आवश्यकता मात्र नभई दिगो विकासको आधारभूत स्तम्भ पनि भएको भन्दै उनले स्थानीय स्तरमा उपभोक्ता समिति तथा जनताले गरेको समर्पणले नेपाललाई खानेपानी व्यवस्थापन र सरसफाइको क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पु¥याएको  धारणा समेत व्यक्त गरे । मन्त्री यादवले जलवायु परिवर्तन तथा मौसमको फेरबदलले गर्दा पानीको स्रोतहरू सुक्दै गइरहेको र पानीको सतह पनि घट्दै गइरहेको सन्दर्भमा दिगो खानेपानीका लागि स्रोत, मूल तथा जलाधार संरक्षण गर्नु अत्यावश्यक रहेकोले यसतर्फ पनि मन्त्रालय केन्द्रित रहेको बताए ।

 

कार्यक्रममा संघीय सांसद ठाकुर गैरेले ९५ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेकाले अब शतप्रतिशत पु¥याउने गरी सरकारले काम गरेको बताए । उनले स्वच्छ पिउने पानी २६ प्रतिशत मात्र भएकाले यसलाई  पुरा गर्ने दायित्व सरकारको रहेको उल्लेख गरे । सांसद गैरेले भने “ खानेपानी पाउनुपर्ने आम नागरिकको मौलिक अधिकार भएकाले सरकारले एक घर एक धारा अभियानै अगाडि बढाएको अवस्था छ ।”

कार्यक्रममा संविधान सभा सदस्यहरु नारायणी शर्मा, लिला सोमै,  पूर्व सांसद यादव बहादुर रायमाझी, लुम्बिनी प्रदेशका सांसद् तथा पूर्वमन्त्री विरबहादुर राना, प्रदेश सांसद् इन्द्र गहतराज, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्ती, नेकपा माओवादी केन्द्रका  जिल्ला अध्यक्ष राजेन्द्र विक, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ,  पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी तोयनाराण सुवेदी, समितिका पूर्व अध्यक्ष हरी रायमाझी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले संस्थाको  वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अहाेरात्र खटिएर समितिले तानसेनमा खानेपानी अभाव हुन नदिएकाे बताएका थिए । साधारणसभामा समितिकाे प्रतिवेदन सहितकाे बुलेटिन चिनारी २०८२ समेत विमाेचन गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय